श्रेष्ठ परिवारद्वारा ६० लाखको जग्गा स्वास्थ्य चौकीलाई दान

दृष्टि न्यूज


पर्वत, २० कात्तिक । 
यहाँको एक परिवारले ६० लाख रुपैयाँ बराबरको जग्गा स्वास्थ्य चौकीलाई दान गरेका छन् । पर्वतको नाग्लीवाङ गाविस– ८ हटियाका चक्र बहादुर श्रेष्ठ, लोक बहादुर श्रेष्ठ, उमा लग्मी श्रेष्ठ, हिरा बहादुर श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, रुद्र बहादुर श्रेष्ठ र भिम बहादुर श्रेष्ठले ५ रोपनी जग्गा स्वास्थ्य चौकी नाग्लीवाङलाई प्रदान गरेका हुन् । करिब ६० लाख मूल्य पर्ने पर्ने उक्त जग्गा सोमबार स्वास्थ्य चौकीको नाममा मालपोत कार्यालयबाट नामसारी गरिएको हो । जग्गा सोमबार नै हस्तान्तरण भएको नाग्लीवाङ गाविस वडा नम्बर ८ का वडाअध्यक्ष हरि बिकास जिसीले बताए । स्थानीय स्वास्थ्य चौकीलाई स्रोत साधनको अभाव भएकाले आफुहरुले जग्गा दान गरेको भिम बहादुर श्रेष्ठले बताए । भिम बहादुर महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत पहरी नायब निरीक्षक हुन् । 

Related News