​जलविद्युतमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह

पर्सा, २३ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्यत्मा निजी लगानी कर्तालाई समेत लगानी गर्न आग्रह गरेको छ ।  
वीरगन्ज उद्योग वाणिज्य संघद्वारा आयोजित व्यापारीसँगको अन्तरक्रियामा उनले जलविद्युतको विकास भएमात्र देशको आर्थिक विकास हुने बताए । वर्तमान सरकारले नेपालको पानी जनताको लगानी अभियान अघि सारेकाले नेपालको नदीनालामा निजी क्षेत्रले लगानी गरी ऊर्जा संकटलाई समाप्त पार्नुपर्नेमा जोड दिए । 
मन्त्री शर्माले देश संघीतामा गइसकेकाले अब देशको आर्थिक विकास र समृद्धिका लागि बढी भन्दा बढी जलविद्युतको उपयोग गर्नुपर्ने धारणा राखे । 
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीपकुमार केडियाले यहाँका व्यापारीहरुले खेप्दै आएको ऊर्जा सङ्कटको अन्त्य गर्न माग गरेका थिए । रासस

Related News