​जलधार क्षेत्रमा बाटो नबनाउन ज्ञापनपत्र

धरान, ३० पुस । धरानको जलाधार क्षेत्रमा जथाभावी बाटो वनाउने र पानीका श्रोतहरु वितरण गर्न बन्द गर्नुपर्ने मागसहित वातावरण तथा पर्यटन विकास केन्द (सेड नेपाल)द्धारा ३ वँुदे ज्ञापनपत्र धरान उपमहानगरपालिकालाई बुझाएको छ । 
शुक्रबार धरान उपमहानगर पालिकाका मेयर तारा सुव्वालाई धरानको खानेपानी व्यवस्थापन तथा  जलाधार संरक्षणमा लागिरहेको सस्था वातावरण तथा पर्यटन विकास केन्द्रका पदाधिकारीहरुको टोलीले वातावरण सुधारको लागी ३ ब“ुदे ज्ञापनपत्र बुझाएका छन । सो ज्ञापनपत्रमा धरानको मुख्य जलाधार क्षेत्र शिवजटादेखि पकुवा खोलासम्मको उपल्लो क्षेत्रमा बसोबास गर्ने वासीन्दाहरुको लागि जथाभावी सडक निर्माण गर्ने अनुमति तथा बजेट निकासा गरी दिँदा जलाधार क्षेत्रका कुवाहरु नासिएर पानी सुक्न थालेकोमा ध्यानाकर्षण गरिएको छ ।
यसैगरी जलाधार क्षेत्र को दिगो विकासको लागि जलाधार क्षेत्रको उपल्लो भाग र तल्लो भागमा वसोवास गर्ने स्थानीय जनताहरुबीच जलाधार संरक्षणको बारेमा  समन्वय गराउन हाल विश्वभरि चलनमा आएको वातावरण सेवा भुक्तान–पेश) प्रणाली यहाँ पनि लागू गर्नुपर्ने दोस्रो माग राखिएको छ  । तेस्रोमा धरानको दक्षिणी भागमा अवस्थित चारकोशे झाडीमा नगरको फोहर फाल्ने डम्पिङ साइड भएको र सो डम्पिङ साइडमा आगो लगाएर जंगलभरि धुवाको मुस्लोले जगल र नगरलाई प्रदूषित पार्ने काम भएकोले अविलम्व आगोलगाउने काम रोक्न भनिएको छ । जगलमा लगाइने सो आगोले नगरवासीको स्वास्थ्यमा गम्भीर असर पार्नुको साथै जगलका जीवजन्तु र पानीका श्रोतहरुमा पनि असर पर्न गएकोमा ध्यानाकर्षण गरिएको छ । 
विज्ञप्तिमा सर्दु जलाधार क्षेत्र धरानको खानेपानीको मुहान मात्र नभएर हावापानी सन्तुलन राख्ने र पर्या पर्याटनको पनि आधारशिला भएकोले नगरपालिकाले यसको सरक्षणमा गम्भीर भएर नलागे निकट भविष्यमा नै वातावरण सन्तुलन गुमाउनुपर्ने चेतावनी पनि दिएको छ । 
सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठको नेतृत्वमा गएको सो टोलीमा लक्ष्मी प्रधान, विशाल भण्डारी, निमेश अधिकारी, दीपक थापा रहेका थिए ।   

Related News