जलेश्वर कारागारमा तीन गुणाभन्दा बढी कैदी

दृष्टि न्यूज

गौशाला, १ जेठ ।
महोत्तरी र धनुषाका साथै केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा तीन गुणाभन्दा बढी कैदी तथा बन्दी छन् । 
एक सय पैतिस जनासम्मको कैदी तथा बन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा अहिले ४४६ जना कैदी तथा बन्दी रहेको जेलर शोभेन्द्र ठाकुरले बताए । 
उनका अनुसार मंगलबार बिहानसम्म जलेश्वर कारागारमा ३९२ पुरुष, ५२ महिला र दुई आश्रित बालबालिका गरी जम्मा ४४६ जना कैदी तथा बन्दी छन् । 
करीब १५५ वर्ष पहिले १३५ जना कैदी तथा बन्दी राख्ने उद्देश्यले निर्माण गरिएको उक्त कारागारमा अहिले क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी तथा बन्दी रहेकाले यहाँ कैदी तथा बन्दीलाई विभिन्न समस्या हुने गरेको जेलर ठाकुरले बताए । 
भित्री कारागार प्रशासनको जिम्मेवारी सम्हाल्ने चौकीदार श्रीनारायण महतोका अनुसार क्षमता भन्दा बढी कैदी तथा बन्दीको चापले उनीहरूलाई सुत्न, बस्न र खाने बेलामा समस्या हुन्छ भने शौचालय, पानी र अन्य विण्भिन्न समस्यासमेत हुने गरेकाले धान्नै मुस्किल भएको छ । 

Related News