​काठमाडौंमा मंगलबार साँझ किन भयो सबैतिर जाम ?

दृष्टि न्यूज

काठमाडौं, ५ भदौ। 
मंगलबार साँझ उपत्यकाका मुख्य सडकमा सर्वसाधरणले निकै जाम झेल्नुपर्‍यो। सबै जसो मुख्य सडकमा बेलुका ८ बजेसम्म जाम थियो। 

ट्राफिक प्रहरीका अनुसार जामको कारण काठमाडौंमा हुन लागेको बिमस्टेकको सम्मेलन हो। सम्मेलनको तयारीका लागि मुख्य सडकहरुमा धमाधम खाल्डा पुर्ने काम भइरहेको छ।  सोही कारण आज धेरै जाम भएको ट्राफि महाशाखाका एसएसपी बसन्त पन्तले बताए। 

आगामी १४ र १५ गते काठमाडौंमा बिमस्टेकको सम्मेलन हुँदैछ। जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित ५ देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरु आउँदैछन्। उनीहरु सोल्टी होटलमा बस्नेछन्। त्यस्तै उनीहरुलाई रिट्रिटका लागि गोकर्ण रिसोर्टमा लगिने छ। पाटनमा पनि घुम्न लैजाने तयारी छ। 
उनीहरु जाने रुटमा खाल्डाखुल्डी पुर्न लागिएको हो।

Related News