​चित्तबुझ्दो त कसले दिन्छ र ? -रुबिना अधिकारी, डान्सर

मोडर्न डान्स नेपाली युवाको पछिल्लो रोजाइ बनेको छ । मोडर्न डान्सको बढ्दो क्रेजकै कारण यतातर्फ आकर्षित भएकी डान्सर हुन्, रुबिना अधिकारी । करिअर बनाउनभन्दा मनभित्रको रुचि पूरा गर्न भनेर नाच्न थालेकी रुबिना अहिले चर्चित डान्सर बनेकी छन् । आखिर यो सफलता कसरी सम्भव भयो ? १९ वर्षीय रुबिनासँग जम्काभेटका लागि रेजिना पाण्डेले संवाद गरेकी छन् । 

नृत्यप्रति कसरी आकर्षण बढ्यो ?
एसएलसी दिएपछि मेरा केही साथी ब्रिजकोर्स गर्नतिर लागे । कोही घुम्न गए, कोही कलेज छान्नतिर लागे । तर, मलाई चै“ नृत्यमा रुचि जाग्यो । त्यसपछि ऐना हेर्दै नृत्य गर्न थाले“, प्रशिक्षण पनि लिन थाले“ । त्यसपछि नाच्दा नाच्दै ठाउ“ ठाउ“मा पुगे“ ।

न्ृात्य गर्दा कत्तिको आनन्द आउ“छ ?
धेरै नै आउ“छ । म सबै कुरा बिर्सन्छु नाच्चँ पाए“ भने । यतिसम्मकी घरमा फुर्सद भयो कि ऐना हेरेर नाचिरहन्छु । यति आनन्द लाग्छ नाच्न ।

स्टेज पर्फमेन्सपछि आहा † कति राम्रो नाचे“ भन्ने लाग्छ कि अझै राम्रो गर्न सक्ने थिए“ भन्ने लाग्छ ?
सकभर म नाच्न जा“दा राम्रो तयारी नै गरेर जाने गरेकाले कन्फिडेन्ट नै हुन्छु । तर कहीले काही“ चै लाग्छ, यसमा अलिकति नया“ केही दिन सकेको भए अझ राम्रो हुन्थ्यो ।

अहिलेसम्म कति ठाउ“मा नाच्नुभयो ?
काठमाडौं उपत्यकासहित उपत्यका बाहिर पनि दुई दर्जनभन्दा बढी  स्टेज पर्फमेन्स गरिसकेकी छु । 

समाजको आ“खाबाट कहिल्यै नाच्ने काम गरेको भनेर होच्याइएको पाउनुभएको छ ?
अहिले त्यस्तो छैन । अहिलेको समयमा निकै बदलाव आइसकेको छ । नाच्ने कामलाई अहिले होच्याउने भन्दा सम्मानपूर्वक लिने मानिस धेरै भइसकेका छन् । त्यसैले नाच्ने कामलाई पनि राम्रो सम्मान आउन थालेको छु । परिवारका सदस्यले पनि नाचेरै आर्थिक समृद्धि ल्याउन सकिन्छ भन्ने अनुभव गर्न थालिसकेका छन् । त्यसैले पहिले जस्तो होच्याउने समाज अहिले छैन जस्तो लाग्छ । 

नाचेरभन्दा अरु नै काम गरेर चिनियोस् भन्ने परिवारको चाहना छ कि ?
अरुको त म भन्न सक्दिन“ । मेरो हकमा चै“ त्यस्तो छैन । तर, समाज त्यस्ता बाबुआमा अहिले पनि हुनुहोला जसले मेरो छोरी नाचेरभन्दा अरु नै काम गरेर चिनियोस् भन्ने चाहनुहुन्छ होला । मेरो विचारमा परिवारका सदस्यको रुचिलाई भन्दा हामीले आफ्नो रुचि र क्षमतालाई हेर्नुपर्छ । आपूmलाई जे काम गर्न मन लागेको छ, जुन काम गर्ने क्षमता आफूमा छ जस्तो लाग्छ, त्यही गर्नुपर्छ । 

नाचेर खान पुग्छ त ?
अवसरहरू पाए पुग्छ । पूरै अवस्था आइसक्यो भन्न चाही“ म सक्दिन“ । किनभने प्लाटफर्मको अभाव हामी कहा“ अहिले पनि छ । बल्ल बल्ल बाटो खुलेको हुन्छ, तर आफ्नै मान्छे राखेर बन्द गरिदिन्छन् । सधै“ यो अवस्था भने अवश्य रह“दैन । हाम्रा भन्दा राम्रा मान्छेको खोजी अवश्य हुन्छ । 

कतिवटा म्युजिक भिडियोमा काम गर्नुभयो ?
९, १० वटा जति म्युजिक भिडियोमा काम गरिसकेकी छु । 

कमाइ कस्तो छ नि ?
हेरेर दिनुहुन्छ । म त भर्खर गर्दै छु, तर जति गरिरहेको छु ठीकै छ जस्तो लागछ । चित्त बुझ्दो त कस्ले दिन्छ र होइनन ?
 
चलचित्रतिर अफर आएको छ कि छैन ?
छैन । फाटफुट म्युजिक भिडियोमा चै“ आइरहेको छ । 

चलचित्रमा काम गर्ने प्रस्ताव आयो भने ?
आयो भने गर्छु । राम्रो अफर आयो भने पछि पर्ने त कुरै भएन नि ।

Related News