सानो सफलतामा रमाएको छु-सरिता लामिछाने

तुलसी घिमिरेको टेलिचलचित्र मुक्तिबाट  स्थापित बनेकी सरिता लामिछानेले रंग पत्रकारितासम्मको काममा हात हालिन् ।  सन्तानको माया, श्रीमान श्रीमतीजस्ता चलचित्रहरुमा पनि काम गरिसकेकी छिन् । उनै सरितासँग रेजिना पाण्डेको जम्काभेट : 
१२ वर्षपछि पुन नेपाल टेलिभिजनमा ‘परिचय’ ल्याउनु भयो नि ?
हो, १२ वर्षपछि खोलो फर्कन्छ भन्थे फर्कियो । हामीले यसमा धैरै मेहेनत र अध्ययनन गरेका छौ । पुरानो  परिचय जसरी दशर्कले मनपराउनु भएको थियो, नयाँ परिचयलाई पनि दशर्क धैरै नै रुचाउनु हुन्छ भन्ने कुरामा ढुक्क छौ । 
यसमा उही पुरानै कथावस्तु छ कि अरु कुनै नयाँ छ ?
एकदम नयाँ र झन् स्वादिलो कथावस्तु दशर्कले पाउनु हुन्छ ।  पहिलेभन्दा अहिले हामी धैरै अनुभवी भएर आएका छौ ।
किन पुरानै नाम राखेर नयाँ ढाचाँमा टेलिसिरियल ल्याउनुको कारण ?
धेरै दर्शकहरुले सरितालाई परिचय टेलिसिरियलबाट चिनेका छन् । बीचमा दर्शन,  जिन्दगानी अरु टेलिसिरियलहरुमा काम गर्दा पनि दशर्कको मनमा  उही छाप बसिरह्यो । सरिता लामिछानेको परिचयलाई क्यारेक्टरको रुपमा जोगाइराख्न नै हामीले परिचय नै नाम दिएर नयाँ ढगंमा सोसल सिरियल तयार पारेका हौं । 
यसमा उही पुरानै कलाकार छन् कि नयाँ पनि हुनुहुन्छ ? 
पुराना नयाँ दुवै छन् ।  यस टेलिसिरियलमा २३ वर्ष पछि सरोज खनाल देखिदै हुनुहुन्छ । निर्देशकमा ऋषि लामिछाने हुनुहुन्छ ।
धैरै लामो समयपछि आउनु भयो  नि ? 
हो ।  ढिलै आए पनि राम्रो काम लिएर आएका छांै ।   संख्यात्मक  रुपमा  भन्दा पनि  गुणात्मक रुपले म काम गर्ने मान्छे हो ।   
छोरीलाई फिल्म क्षेत्रमा इच्छा छ कि छैन ? 
एकदमै छ । राम्रो अभिनय गर्ने सक्ने क्षमता र खुबी उनमा छ ।    
अरु के–के मा व्यस्त हुनुहुन्छ  आजभोलि ?
चलचित्रको कामहरुमा नै व्यस्त छु ।
तपाईंले चलचित्र निर्देशन गर्ने कुरा पनि हल्ला थियो नि ?
हो, राम्रो व्यानरको दुई चलचित्र निर्देशन गर्ने उद्देश्यले मैले साइन पनि गरिसकेको छु । प्रदीप उदय र छवि ओझाको चलचित्र निर्देशन गर्ने कुरा भइरहेको छ । 
पत्रकारिता र टिभीमा कार्यक्रम पनि चलाउनुहुन्थ्यो, त्यसतर्फ इच्छा छैन ?
सरिता लामिछानेले वानपिस लगाएर कार्यक्रम लिएर आउँछ भन्ने सोच राख्यो भने त्यो गलत हुन्छ  ।   एउटा राम्रो फिल्मी कार्यक्रमको तयारी चाहिँ गरेको छु । 
तपाई चलचित्र महासघंको महासचिव पनि हुनुहुन्छ, के के काम गरिराख्नु भएको छ ?
चलचित्र हित र कलाकारको संरक्षणमा रहेर काम गरिरहेको छु ।  भर्खर मात्र सिराहामा  भएको बाढीपहिरोमा  मह जोडी र थुप्रै कलाकारहरुले आठ लाखभन्दा बढीको राहत वितरण ग¥यो । सामाजिक  कामका साथै कलाकार हितको कामहरुमा हामी जुटिरहेका छौं ।  
वैवाहिक जिवन कस्तो चल्दै छ ? 
एकदमै राम्रो छ । जीवन तीब्र गतिले चलिरहेको छ । मिलीजुली काम गरेका छौैं ।  सम्झौताभन्दा पनि आत्मियतामा जीवन चलेको छ । 
तपाईंको  नजरमा श्रीमान  ऋषि लामिछाने कस्तो मान्छे हो ?
असल व्यक्ति, कुशल संरक्षक र एउटा मायालु स्नेह भएको मान्छे । 
निर्देशकको नजरमा नि ?
कलाकारिता बुझेको असल कुशल निर्देशक हुनुहुन्छ ।  
तपाई एकदमै जिद्दी हुनुहुन्छ भन्छन्,  हो ?
सायद म जिद्दी भइदिएको भएर ठूलो सपना बोकेको भए  आज म २५० सिनेमाको हिरोइन हुन्थे ।  आज सरिता पाण्डे नै हुन्थे, सरिता लामिछानेको जिन्दगी नाजुक हुन्थ्यो ।  हामी श्रीमान श्रीमतीको सल्लाह अनुसर मैले धैरै कामहरु छोडेको छु । सानो सफलतामा रमाएको छु र सानो संसारमा म खुशी छु । 
अर्काे सन्तानको रहर छैन ? 
छैन । सायद पहिलो सन्तान छोरा भइदिएको भए छोरीको  रहर हुन्थ्यो  होला । तर, छोरी  भएकाले छोराको रहर छैन । छोरीको आमा नै भाग्यमानी आमा हो जस्तो मलाई लाग्छ । 
तर हाम्रो समाजले त छोरालाई नै बढी प्रथमिकता दिन्छन् नि ? 
होला । तर म चाहिँ छोरीबाट सन्तुष्ट छु । 
 
 

Related News