​केटी जिस्काउने काम त केटाको नै हो-सृष्टिना गुरुङ, एयर होस्टेज

तीन वर्षदेखि तारा एयरलाइन्समा एयर होस्टेजको काम गरिरहेकी २५ वर्षीया सृष्टिना गुरुङले टाभल्स एन्ड टुरिजिममा ब्याचलर डिग्री गरेकी छिन् । एयर होस्टेज बन्छु भन्ने उनलाई कहिल्यै लागेकै थिएन । तर, संयोगले उनलाई कहिल्यै नसोचेकै काम जु¥यो । भविष्यमा भने उनले होटल लाइनमा केही नया“ काम गर्ने सोच बनाएकी छिन् । आत्मविश्वासी भएर महिलाहरूले सधै“ अगि बढ्ने प्रयत्न गनुपर्दछ भन्ने सोचाइ राख्ने सृष्टिनास“ग रेजिना पाण्डेले गरेको कुराकानी । 

एयर होस्टेज भएर पहिलो उडान भर्दा कस्तो महसुस भयो ?
अलिकति डर र नया“ जोस थियो । अब मैले राम्रो काम गर्नुपर्छ भन्ने पनि लागेको थियो । 

डर चै“ किन लागेको नि ?
विमान चढेर दिन दिनै काठमाडौं बाहिर जानु आउन पर्ने काम भएकाले कहिले केही हुने हो कि भन्ने डर लाग्ने रहेछ । घरबाट हिडेपछि फर्केर आइन्छ कि आइ“दैन भन्ने कुराले डर लाग्थ्यो । 

अहिले पनि त्यस्तो लाग्छ कि ?
अब युज्ड टु भइसक्यो । अब त्यस्तो लाग्दैन । 

कसरी एयर होस्टेज बन्ने चाहना आयो ?
रहरै रहरमा बने“ । सुरुमा टार्भल्स एन्ड टुरिजममा ब्याचलर गरिसकेपछि कलेजले टेनिङ गर्न त्रिभुवन इन्टरनेशनल विमानस्थलमा पठाएको थियो त्यति बेला काम गर्दा गर्दै एयर होस्टेजहरू देख्दा उनीहरूको गुड लुकले मलाई आकर्षित ग¥यो । त्यसपछि फ्लाइट टेक ट्रेनिङ सेन्टरमा तीन महिने एयर होस्टेजको ट्रेनिङ लिए“ । ट्रेनिङ पूरा भएपछि एयर होस्टेजको कामको खोजीमा लागे“ । चार पा“च स्टेप पार गर्दै बल्ल कामको लागि योग्य भए“ । 

परिवारको पनि यो पेशाप्रति रुचि छ कि अरु नै काम गरे हुन्थ्यो भन्ने छ ?
ममी बाबाले त केही पनि भन्नु भएन, तर दाइले चै“ यो पेशामा नलाग पछि काम पाउन गाह्रो हुन्छ । एयर होस्टेज बन्ने सपना धेरैले देख्छन् तर सबैका पूरा हु“दैनन् । डोमेस्टिक जहाज कम छन् त्यसैले डिमान्ड पनि कम छ भन्नुहुन्थ्यो । तर, जब मैले काम पाए“, सबैभन्दा पहिला दाईलाई नै भने“ त्यसपछि उहा“ धेरै खुसी हुनुभयो र भन्नुभयो, ‘आई एम प्राउड विथ यु’ भन्नुभयो । 

एयर होस्टेज बन्न विशेष के चाहिने रहेछ ?
पढाइका साथै स्वस्थ हुनुपर्छ । हाइट मिलेको हुनुपर्छ । कुशल नेतृत्व गर्ने क्षमता पनि चाहिन्छ । 

संघर्ष कतिको छ यो काममा ?
धेरै नै छ । अरु पेशामा जस्तो लापरबाही गर्न मिल्दैन । समयमा नै ड्युटीमा पुग्नुपर्छ । एक सेकेन्डको पनि मूल्य हुन्छ यो काममा ।

विमान दुर्घटनाका खबर आउ“दा कत्तिको डर लाग्छ ?
लाग्दैन । काम हो, जहा“ जस्तो अवस्थामा पनि ठेस लाग्न सक्छ ठेस लाग्छ भन्दैमा काम नै गर्न छोड्ने कुरा भएन । फेरि हाम्रो मात्र होइन, हरेक काममा जोखिम छ ।

केही महिनाअघि तारा एयरको विमान दुर्घटना भएको थियो । तपाईंको साथी रमा रावल पनि त्यसमा पर्नुभयो । कतिको याद आउ“छ ?
एकदमै मिल्ने साथी भएकाले याद नआउने कुरा भएन । मेरो कामको पहिलो दिन प्लाइटमा उहा“ नै मस“ग हुनुहुन्थो । उहा“ले नै मलाई उडाउनु भएको थियो र सबै कुरा सिकाउनुभएको थियो । उहा“लाई म सधै“ सम्झिरहेकी हुन्छु । साथै, क्याप्टेनहरूको पनि याद आउ“छ । उहा“हरूस“ग मैले धेरै काम गरेका छु । आझै पनि हामीस“ग नै हुनुहुन्छ जस्तो लाग्छ ।

विमान दुर्घटना हुनुको मुख्य कारण के हो जस्तो लाग्छ ?
छिनछिनमा फेरिने मौसम नै हो जस्तो लाग्छ । त्यसपछि धेरै चाही“ मेसिनरी कारणले पनि हुन सक्छ । र, कतै कतै व्यवस्थापन राम्रो नभएकाले हुनसक्छ । 

तारा एयरले ग्रामिण भेगमा उडान भर्दै आएको छ । गाउ“घर घुम्न कतिको रमाइलो लाग्छ ?
हो हाम्रो बिमान रुलर एरियामा मात्र उड्छ । जोमसोम, लुक्ला, भोजपुर, रारा, डोल्पा उड्ने भएकाले रमाईलो लाग्छ । गाउ“घरका सुन्दर दृश्य देख्दा हाम्रो देशमा पनि यति रमाइला घुम्ने ठाउ“ छन् भनेर आनन्द लाग्छ । 

कमाइ राम्रो छ ?
काम गरे अनुसारको फल पनि राम्रो छ । म मेरो कमाइले पढ्नेदेखि होस्टेलको फि र साथै मेकअपको समानसम्म निभर्र छु । 

विमानभित्रै केटाहरूले कत्तिको जिस्काउ“छन् ?
जिस्काउने काम त केटाहरूको नै हो । तर, हाम्रो ध्यान काममा नै बढी हुन्छ । विमानमा सबैखाले पेसेन्जर हुने भएकाले हामी निगरानीमा नै हुन्छौ“ । 

विमानमा आवज जावत गर्ने क्रममा कुनै पेसेन्जर भित्रैदेखि मनपरेको थियो ? 
मन पर्ने धेरै हुन्छन् । कतिको बोलीचाली राम्रो हुन्छ, कति अनुशासित हुन्छन् । बुढाबुढीहरू मीठा कुराहरू गर्नुहुन्छ । ओर्लने बेला गए है“ नानी भन्नुहुन्छ । यस्ता कुरा हामी सम्झिरहेका हुन्छौ“ । 

सुन्दरी हुनुहुन्छ सिनेमातिर लाग्ने सोच छ कि ?
सोच त बनाएको छैन । हेरौ“ के हुन्छ । संजोग प¥यो भने गर्न पनि सकिन्छ । 

ब्वाइफेन्ड छ ?
छ, कलेजदेखिकै हो ।

भविष्यको योजना के छ ?
हामीले विवाह गरेपछि एयर होस्टेजको काम गर्न पाउ“दैनौ“ । त्यसैले मैले टाभल्र्स एन्ड टुरिजिममा केही गर्ने सोच बनाएको छु । 

विवाह भएपछि गरिरहेको काम छोड्दा दुःख लादैन ?
लाग्छ नि । अब के काम गर्ने भन्ने समस्या हुन्छ । नया“ काम शुरु गर्दा सून्यबाटै थाल्नुपर्छ । तर, एउटै ठाउ“मा जिन्दगीभर बस्न पनि त सकि“दैन ।

Related News