​कलाले नै मलाई कलाकार बनायो– मरिष्का पोखरेल, नायिका

बाल्यकालमा बलिउड नायिका माधुरीको नृत्य देखेपछि आफू पनि एक दिन त्यस्तै कलाकार बन्छु भन्ने सपना जागेको थियो मरिष्का पोखरेललाई । जुन सपना पूरा गर्न उनलाई १९ बर्ष लाग्यो । नेपाली चलचित्र ‘के म तिम्रो होइन र ?’ बाट डेव्यु गरेकी नायिका मरिस्काले चपली हाइट–२ र धेरै म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन् । बिभिन्न ‘¥याम सो’ हरुमा काम गरेकी मरिस्काले बलिउड चलचित्र यारा पनि अभिनय गर्ने मौका पाएकी छिन् । उनै मरिस्कासँग रेजिना पाण्डेसँगको जम्काभेट :
आजभोलि कुन चलचित्रमा व्यस्त हुनुहुन्छ ?
लम्फु भन्ने चलचित्रमा व्यस्त छु । यो चलचित्रको लगभग सुटिङ आधाभन्दा बढी सकिसकेको छ । 
‘के म तिम्रो होइन र ?’ र चपलि हाइट–२ चलचित्र पछि तपाई हराउनु नै भयो नि किन ?
हो । खासै चलचित्रहरु मा काम गरिन । फाट्टफुट्ट म्युजिक भिडियोमा नै व्यस्त भए ।
अरु चलचित्रमा काम नपाउनु भएको कि काम नगर्नु भएकोे ? 
चलचित्रहरुमा अफरहरु नआएको भने होइन । तर तालमेल मिलेन । कतिमा पैसाको कुरामा विवाद हुन्थो भने कतिमा टिम र स्क्रिप्ट मन नपरेर काम नगरेकी हुँ ।  
म्युजिक भिडियोहरुमा पनि कमै मात्र काम गरेको देखिएको छ नि ?
म्युजिक भिडियोहरु चै फाटफुट्ट गरिनैरहेको छु । भर्खर मात्र पनि एउटा म्युजिक भिडियो सिध्याएँ । 
बिचमा तपाईं चलचित्र र म्युजिक भिडियोमा भन्दा पनि ¥याम सो बढी व्यस्त हुनुभएको हो ?
हो । बीचमा त्यतातिर पनि बढी व्यस्त भए । ¥याम सोका लागि इन्डिायासम्म गएँ । धरानको फेसन सोहरुमा पनि व्यस्त भए । 
किन चलचित्रमा भन्दा ¥याम सोलाई बढी फोकस गर्नुभएको ? 
फोकसभन्दा पनि कामको अवसरहरु आयो । गर्दै जाँदा यो काममा बढी देखिएको हुँ । 
तपार्इंले अभिनय गरेको बलिउड चलचित्र यारा डेढ बर्ष बितिसक्दा पनि प्रर्दशन भएन नि किन ?
हुनुपर्ने थियो । बीचमा के कारणले भएन मलाई थाहा नै भएन । अहिले बुझदा अब चाहिँ केही महिनामा रिलिज हुन्छ भन्ने सुनेकी छु । 
यसरी आफूले काम गरेको चलचित्र दशर्कसामु नपुग्दा दुःख लाग्दैन ?
लाग्छ नि । मेहनत गरेपछि कामको मुल्यांकन भइदिए राम्रो हुन्थो । हेरौं ढिलै भए पनि रिजल्टको आशमा छु । 
याराबाट कतिको उसाहित हुनुहन्छ ?
धैरै नै छु । यस चलचित्र बाट मेरो कामको पनि मूल्यांकन हुने भएकोले धैरे नै आशा लिएको छु । 
यारा कस्तो खालको चलचित्र हो ?
चार जना साथीभाइको कहानीमा बनेको चलचित्र हो यो । विषयवस्तु र कथा निकै रोचक छ । 
बलिउडमा कसरी पुग्नुभयो ?
बलिउड चलचित्रमा एउटा नेपाली कलाकारको खोजी भइरहेका छ, मुम्वाईबाट अडिसन लिन आउनुभएको छ भन्ने थाहा पाएपछि अडिसन दिन गएँ । अडिसन दिएको तिन दिनपछि कल आयो । तपार्इं हाम्रो चलचित्रमा सेलेक्ट हनु भयो भनेर । यसरी मेरो बलिउड यात्रा सुरु भयो । 
त्यसपछि कुनै अफर आयो काम गर्न बलिउडमा किन ?
छैन । चलचित्र प्रर्दशन नभएर पनि होला । चलचित्र हलसम्म आइदिएको भए अरु कुनै चलचित्रकर्मीको आखाँमा पर्नसक्थे र अफर आउथ्यो होला । तर, चलचित्र प्रदर्शन हुन ढिला भयो । 
‘ब्याड लक’ भयो होइन त ? 
त्यो पनि भन्न मिल्दैन । धैरै काम सिकेको छु । ढिलो चाँडो त भइनैहाल्छ नि । चलचित्र प्रर्दशन भयो भने निराश चाहिँ हुनुपर्दैन जस्तो लाग्छ । 
तपार्इंलाई बलिउड निदेशकसँग काम गर्न सहज भयो कि कलिउड निर्देशकसँग ? 
दुबैको अलग–अलग काम गर्ने तरिका छ । मैले निर्देशक आकास अधिकारीसँग काम गरे भने यारामा निर्देशक टिगमसु तुलियासँग काम गरे । दुबैसँग काम गर्दा मलाई कुनै गाह्रो भएन । उहाँहरुले मलाई गाली गर्ने भन्दा पनि मायाले काम सिकाउनु भयो । यसले गर्दा पनि मेरो अभिनय खारिएको जस्तो लाग्छ । 
यो कला क्षेत्रलाई तपाईं कसरी हेर्नुहुन्छ ? 
म यो क्षेत्रलाई सम्मान गर्छु, आज म जे छु जस्तो छु कलाले नै मलाई बनाएको छ । 
तपार्इंको परिवारबाट यस क्षेत्रमा लाग्न कतिको साथ पाउनुभएको छ ?
धैरै नै । म एउटा आर्ट शिक्षक पनि हुँ । मैले मोडन इन्डियन स्कुलमा पढाउने काम गर्दै थिए । तर, मेरो परिवारले तिमीले चाहेको नै काम गर भन्नुभयो र त्यो काम छोडेर कलाक्षेत्रमा लागेको हुँ । 
फुसर्दमा के गर्न रुचाउनु हुन्छ ?
म धैरै घुम्न रुचाउने मान्छे भएकोले पनि होला बढी म नयाँ–नयाँ ठाउँ घुमिरहन्छु । 

 

Related News