​संगीतमा साधना र धैर्यता चाहिन्छ- रेखा पौडेल, संगीतकार

नेपालमा थोरै संगीतकारमध्ये एक हुन् रेखा पौडेल । चलचित्र तथा विभिन्न एल्बमहरुमा व्यस्त रहेकी उनको संगीत विद्यालय पनि छ । एक सयभन्दा धेरै गीतहरुमा संगीत भरिसकेकी उनै रेखासँग रेजिना पाण्डेको जम्काभेट :
कत्तिको व्यस्त हुनुहुन्छ आजभोलि ? 
व्यस्त नै छु । चलचित्रहरुमा पनि काम भइरहेको छ । आफ्नै संगीत विद्यालय आरोहमा पनि व्यस्त हुन्छ । विभिन्न विद्यालयहरुमा पनि संगीत सिकाउँछु । 
संगीत भर्ने काम कतिको गाह्रो छ ? 
गर्न सकियो भने सजिलो नै छ । गर्दै जादाँ सिक्दै जाने हो । अनुभव हँुदै जादाँ गाह्रो काम सजिलो हुँदै जान्छ । 
संगीत क्षेत्रमा रुचि भएका धेरै गायक÷गायिका बन्न रुचाउँछन्, तर तपाईंचाहिँ संगीतकारतिर कसरी लाग्नु भयो नि ?
एउटा उसाह थियो संगीत क्षेत्रमा नयाँ काम केही गरौं भनेर । त्यही उत्साह पछ्याउँदै जादाँ संगीतमा लागियो । सिक्दै जाँदा, गर्दै जाँदा यही नै काम मन प¥यो । 
महिलाहरु संगीतकारका रुपमा अघि बढ्न सकेका छैनन् नि ?
परिस्थिति नै यस्तो छ कि गर्छु भन्दा पनि तालमेल मिलाउन गाह्रो छ । काममा हात हालिसकेपछि जीवन धान्ने बाटो पनि खोज्नै पर्छ र यस क्षेत्रमा धेरै नै मेहेनत र समय दिनपर्ने भएर हो कि जस्तो लाग्छ । 
यस्तै समस्या तपार्इंलाई पनि होला नि ? 
मेरो बुबा, दाइ आफँै पनि संगीतमा धैरै रुचि भएको व्यक्ति हुनुहुन्छ । त्यसकारण यो समस्या ममा आएन । काम गर्दै जाँदा बाधा, अड्चन र अप्ठेराहरु चाहिँ धैरै नै प¥यो । तर, हिम्मत हारिनँ । 
तपाईंको संगीतमा धैरैले गीत गाउँछन्, तपाईं आफँैलाई गाउने इच्छा छ कि छैन ? 
गुनगुनाई नै रहेको हुन्छु । म हारमोनियममा नै बढी रमाउँछु । गाउने कामचाहिँ हेरौं के हुन्छ, अहिलेसम्म टुंगो लागेको छैन । 
अहिलेसम्म कतिवटा चलचित्रमा काम गरिसक्नु भयो ?
नौ वटा चलचित्र काम गरिसकेँ । एल्बमहरु त एक दर्जन भइसक्यो । 
संगीतका विद्यार्थी र यो क्षेत्रमा लाग्न चाहनेहरुलाई के भन्नुहुन्छ ? 
संगीतमा लाग्न धैर्य र साधाना बढी चाहिन्छ । हतारिएर आउनुभन्दा पनि बुझेर लाग्न म पे्ररित गर्छु । यहाँ कति यस्ता छन् बिना साधना हतारमा आउँछन् अनि छिट्टै थाकेर हराउँछन् । यसैले यो क्षेत्रमा लाग्न साधना र धैर्य नै चाहिन्छ । यी दुई भयो भने डगमगाउनु पर्दैन । 
तपार्इंको वैवाहिक जीवन चाहिँ कस्तो चल्दै छ ? 
राम्रो छ । श्रीमान विदेशमा हुनुहुन्छ । विगत लामो समयदेखि उहाँ पोचुगर्लमा बस्दै आउनुभएको छ । अब चाँडै नै नेपाल आउँदै हुनुहुन्छ ।
श्रीमान विदेशमा हुनुहुन्छ, तपाईं यहाँ कति मिस गर्नु हुन्छ ?
धेरै नै । उहाँ नहँुदा त मेरो संसार नै आधा जस्तो लाग्छ । सायद उहाँलाई पनि यस्तै लाग्छ होला । 
श्रीमानले तपार्इंको काममा कतिको सहयोग गर्नुहुन्छ ? 
सहयोग गर्नुहुन्छ । श्रीमानले सपोर्ट नगरे कसले गर्छ ? होइन र ? प्रोत्साहन गर्दै अझै राम्रो काम गर भन्नुहुन्छ । हौसला प्रदान गर्नुहुन्छ ।

Related News