​छवीजीसँग बिहे हुनसक्छ-शिल्पा पोखरेल, नायिका

दृष्टि न्यूज

लज्जा नामक चलचित्रबाट फिल्मी क्षेत्रमा डेव्यु गरेकी नायिका शिल्पा पोखरेलले हालसम्म नौ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् ।  म्युजिक भिडियो र विज्ञापनहरुमा समेत काम  गरेकी उनी  प्रेम प्रसंगका कारण बेला–बेला चर्चामा आउने गरेकी छिन् । उनै नायिका पोखरेलसँग रेजिना पाण्डले गरेको कुराकानी :

तपाईं अभिनित चलचित्र बृन्दाबन भदौ १७ बाट प्रदर्शन हुँदैछ, कत्तिको आशावादी हुनुहुन्छ ?  
धेरै नै आशावादी छु । जेठ र अषाढ महिनाको चर्काे घाममा हामीले धैरै नै  मेहनत गरेका छौं । राम्रो चलचित्र बनेको पनि छ । अघिल्ला चलचित्रहरुझै यो   पनि चल्छ भन्ने कुरामा ढुक्क छु । 

तर भदौ १७ गतेदेखि अन्य चलचित्रहरु लालजोडी र ब्रासलेट पनि चल्दैछन् नि ? 
हो,  अहिले धैरै प्रतिस्पर्धा  छ ।  दर्शकको पनि आ–आफ्नो च्वाइस हुन्छ । कसैलाई कमेडी मन पर्छ कसैलाई एक्सन मन पर्छ ।  अरु चलचित्र भएपनि बृन्दाबन चल्नेमा म ढुक्क छु । 

बृन्दाबन कस्तो प्रकारको चलचित्र हो ?
रोमान्टिक र एक्सनप्रधान चलचित्र हो ।
  
पहिलो चलचित्र लज्जादेखि किस्मत २ सम्म आइपुग्दा आफूलाई कसरी नियाल्नु भएको छ ?                                                                                                                                                                                    
धैरै कुराहरु बुझदै छु । अभिनयमा सुधार गर्दै छु । ‘कन्फिडेन्ट लेवल’ बढेको छ । आफनो कामप्रति विश्वास बढदै छ । 

आजभोलि अरु केमा व्यस्त हुनुहुन्छ ?
बृन्दावनको  प्रचार प्रसारमा नै व्यस्त छु ।  किस्मत २ असोज २१देखि दशैँको अवसर पारेर प्रदर्शन गरिदै छ । चलचित्र हिफाजतको दशैँपछि सुटिङ हँुदै छ  ।  म्युजिक भिडियोमा फाट्टफुट्ट व्यस्त छु ।

तपाईंले थुप्रै चलचित्रहरुमा काम गरिसक्नु भयो आफू अभिनित कुन चलचित्र तपाईंलाई मनपर्‍यो ? 
सबै चलचित्रहरुमा मन परेर नै गरेको हुँ ।  तर पनि लज्जा चलचित्र मलाई साह्रै नै मन परेको चलचित्र हो । जुन सुपरहिट पनि भयो ।  मेरो पहिलो चलचित्र पनि हो । यो चलचित्रसँग गहिरो सम्बन्ध छ ।
 
तपाईं निर्माता छवि ओझासँग   विवाह गर्ने तयारीमा हुनुहुन्छ भन्ने हल्ला छ  नि ? 
अहिले चाहिँ हल्ला मात्र हो । भविष्यमा के हुन्छ हेरांै । परिवारकै मिलोमतोमा राजीखुशी भयो भने हुन पनि सक्छ । 

यसो हेर्दा तपाईंलाई छविजी मनपर्छ जस्तो लाग्यो नी किन ?
मलाई छविजी मन पर्छ ।  कामको हिसाबले र व्यक्तित्वको हिसावले पनि मन पर्छ ।  उहाँ काम बुझ्ने मान्छे हुनुहुन्छ । 

तर यति बुझ्ने हुँदाहँुदै पनि उहाँको अघिल्ला घरजमहरु टिक्न सकेन नि  ?
दुवै आगो भएपछि दुवैलाई पोल्छ, एउटा पानी भयो भने शितल हुन्छ । त्यसैले त्यो उहाँहरुमा नभएर नै होला समबन्ध टिक्न नसकेको होला जस्तो लाग्छ । 

छविजीसँग तपाईंको विवाह भयो भने सम्बन्ध टिक्न सक्छ जस्तो लाग्छ   ?
लाग्छ  । किनकि म अहम् नै पलाउन दिन्न । 

तपाईंको उमेर र छविको उमेरमा धैरे फरक छ नि ? 
उमेरले के गर्छ ? माया हुनुपर्‍यो । माया भएपछि पुगिहल्छ नि होइन र ?

तपाईं नेपाली चलचित्र कत्तिको हेर्नु हुन्छ ?
हलसम्म गएर कम नै हेर्छु । कामको चाप बढी हुन्छ । मन परेको चलचित्र हलसम्म गएर हेर्छु ।  कतिपय घरमै हेर्ने गर्छु ।
 
धेरै  नायिकाहरु आउने हराउने  गरेका छन्, तर तपाईंले त धमाधम काम पाइराख्नु भएको छ नि ?
हो, राम्रो काम गर्न सक्यो भने कामको मूल्यांकन हुँदोरहेछ ।  मेरो कामलाई हरेर चित्त बुझाएर काम दिइराख्नुभएको छ अग्रजहरुले ।
 
नायिकाहरुलाई पारिश्रमिक राम्रो दिँदैनन् भन्छन्, हो ? 
मैले पाएको पारिश्रमिकमा  चित्त बुझेको छ । चित्तबुझ्दो पाएकाले नै यो क्षेत्रलाई निरन्तरता दिएको हुँ  । 

नयाँ योजना के छन् ?  
अब निमार्ता बन्नेतर्फ अगाडि बढ्दैछु ।   

तिजको बर्त बस्नुहुन्छ ?
बसेको छैन । तर मलाई तिजको बर्तमा निकै आस्था लाग्छ ।

Related News