​पहिलो संवादमा कामेकी थिएँ-वर्षा रावत, नायिका÷मोडल

रहरै रहरमा म्युजिक भिडियोमा काम गर्न थालेकी वर्षा रावतको रहर अहिले पेशामा बदलिएको छ । यतिखेर उनलाई भ्याई नभाई ६ सय जति म्युजिक भिडियोमा काम गरिसकेकी वर्षाले ‘नाई न भन्नु ल–४’ बाट चलचित्रमा डेब्यु गरेकी हुन् । दोस्रो चलचित्र ‘छक्का पन्जा’ बाट अत्याधिक सफलता पाइरहेकी वर्षाको चलचित्र ‘जात्रा’ले पनि यतिफेर चर्चा पाइरहेको छ । उनको कामको प्रशंसा गर्नेहरू यस क्षेत्रमा अहिले निकै बढेका छन् । उनै नायिकास“ग रेजिना पाण्डेले गरेको कुराकानी ः

छक्का पन्जा चलचित्रले यसरी सफलता पाउला भनेर सोच्नुभएको थियो ? 
थिए“ । छक्का पन्जा चलचित्रका लागि दीपा दिदी र दिपक दाईले धेरै मेहनत गर्नु भएको थियो । एउटा राम्रो कन्सेप्टमा चलचित्र बनेको थियो साथै चलचित्रका सबै टिमलाई एकै ठाउ“मा बा“धेर दीपा दिदीले काम गर्नुभएको थियो । 

चलचित्र चलेपछि प्रशंसा पाउ“दा कस्तो लाग्दो रहेछ ?
कुरै नगरौ“, धेरै रमाइलो महसुस भइरहेको छ । आफूले गरेको कामको सफलता पाउ“दाको क्षणले त्यति बेला गरिएको दुःख सबै बिर्सेको छु । 

भर्खर प्रदर्शन भएको चलचित्र ‘जात्रा’ बाट पनि निकै चर्चा पाउनुभएको छ नि ?
हो, यो चलचित्रले पनि राम्रो कामको प्रशंसा पाइरहेको छ । दर्शकले पनि यसलाई रुचाइराख्नु भएको छ । यो चलचित्रले पनि हल तताएको छ । 

तपार्इंको समय लक्की छ जस्तो छ नि धमाधम चलचित्रहरू हिट भइरहेका छन् ?
हो नै भन्नुपर्छ । भगवानको आशिर्वाद दर्शकको मायाले राम्रै भइरहेको छ । आगामी दिनमा पनि राम्रै हुन्छ भन्ने आशा राखेकी छु । 

चलचित्र हिट भएपछि परिवारको प्रतिक्रिया कस्तो पाउनुभयो ?

धेरै राम्रो पाए“ । अभिभावकको आ“खामा खुसीको आ“सु देखेको थिए“ ।
राम्रो चलचित्र बन्यो भने त दर्शक हलसम्म पुग्दोरहेछ नि होइन त ?

हो, मनोरजनात्मक र सबै वर्गलाई हुने गरे समेट्न सकियो भने दर्शक हलसम्म पुग्नुहुन्छ भन्ने कुरामा कुनै शंका नै छैन । 

राम्रो चलचित्र बनाउन के हुनुपर्छ जस्तो लाग्छ ?
सबैको अलग अलग स्वाद हुन्छ, त्यो स्वादलाई एकै ठाउ“मा मिसाउन सक्नुपर्छ जस्तो लाग्छ । र, अर्काे कुरा, समाजस“ग केही सम्बन्ध गा“सिएको हुनुपर्छ, जसले मन छोओस् ।

कत्तिको व्यक्त हुनुहुन्छ ?
ठीकै छु, खाली बस्नुपरेको छैन ।

म्युजिक भिडियोमा बढी अफर छ कि सिनेमामा ?
दुवै बराबरी नै छ । कामको अफर सोचेभन्दा बढी नै छ ।

अरु मोडल र नायिकाहरू काम नपाएर गुमनाम भएका छन् नि ?
खोइ, मैले काम चै“ पाइरहेको छु । भ्याएसम्म सबै काम समय मिलाएर गर्छु ।

पहिलो पटक बोलेको सवांद याद छ ?
संवाद याद छैन, तर त्यो दिन स्मरणमा छ । पहिलो पटक संवाद बोल्दा कामेको र डराएको थिए“ ।

पारिवारिक सर्पोट कत्तिको पाउनुभएको छ ?
शुरु शुरुमा गाह्रो नै भएको थियो  अहिले राम्रो छ । भाइहरूले पनि राम्रो सपोर्ट गर्छन् । बुबा–ममीबाट पनि धेरै सहयोग पाएकी छु ।

हुनेवाला जीवनसाथीकोे सपोर्ट चै“ कत्तिको छ नि ?
धेरै छ । ऊ पनि मैले पाएको सफलताबाट खुसी नै छ । 

बुबा पनि विजनेश म्यान अनि हुनेवाला पनि बिजनेश म्यान, आगामी दिनमा तपाईं सिनेमा क्षेत्रमै आवद्ध हुनुहोला ?
अहिले त चलचित्र क्षेत्रमा नै सफलता पाइरहेकी छु, यसैमा निरन्तर काम गर्छु । पछि के हुन्छ हेरौ“ । सायद सिनेमा क्षेत्रलाई त्याग्न पनि सक्दिन“ होला । 

Related News