​‘जनकराज गोल्डकप’मा भिड्दै खामाखाका खेलाडीहरु

दृष्टि न्यूज

खोटाङ ।  जिल्लाब्यापी खुल्ला तेस्रो बर्ष होलेसुङ जनकराज राई मार्ग गोल्डकप–२०७५ फुटबल प्रतियोगितामा खामाखा खार्चुङ समाजका खेलाडीले भाग लिने भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका वडा नं ६ चुमाखुमा आइतबार (आज) बाट सुरु भएको खेलमा टिम ए र बि गरी संस्थाबाट २ टिम सहभागी गराउने संस्थाका खेलकुद संयोजक बिनोद राईले बताए ।
खामाखा खार्चुङ समाजले आगामी दिनमा विभिन्न प्रतियोगितामा सहभागी गराउँदै जाने र फुटबल खेल मनपर्ने बताउँदै भने, ‘खेलक्षेत्रमा हामीले खेलाडीहरुलाई राम्रो प्रशिक्षण दिन सकेमा संसारमा सबैभन्दा छिटो चिनाउने छौँ ।’ उनले हरेक क्षेत्रमा निरन्तरता लिन र दिन सकेमात्र  प्रतिफल राम्रो हुने बताए । ‘अहिलेको समय राम्रोभन्दा पनि विकृति, विसंगति र कुलतमा पस्दै आएको छ’ उनले भने, ‘तसर्थ खेल क्षेत्रमा युवाहरूलाई व्यस्त गराउन सक्यौँ भने खेलमा पनि भविष्य बनाउन सकिन्छ ।’ खेलाडीहरुले विभिन्न सो–म्याचहरु खेलेपनि खुल्ला प्रतियोगितामा भने यो पहिलो नै रहेको छ । उनले भने, ‘युवा वर्गलाई खेल क्षेत्रको महत्व र विकासबारे यो एउटा पहिलो अध्यायन तथा अनुभव गर्ने मौका पनि हो । खेलमा हारजित भन्ने कुरा त छँदैछ खेल सम्बन्धी नयाँ तरिकाहरु सिक्ने मौका खेलाडीले पाउनु भनेको खेलाडीको लागी ठुलो अवसर होे ।’ अवसरकै लागि जनकराज गोल्डकपको तेस्रो संस्करणमा खामाखा खार्चुङ समाजका खेलाडीहरुलाई सहभागिता गराएको संस्थाका संस्थापक सल्लाहकार श्यामचन्द्र राई बताए ।

Related News