​जनलहरको सन्देश

दृष्टि न्यूज

नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत मुलुकका बामपन्थी प्रगतिशील शक्तिहरू सम्मिलित गठबन्धनले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रस्ट रुपमा दुई तिहाई बहुमत हासिल गरेको छ भने समानुपातिकतर्फको मत गणना जारी छ । समानुपातिकतर्फ पनि एमाले पहिलो र माओवादी तेस्रो स्थानमा रहेका छन् । तसर्थ, यसपटक देशव्यापी रुपमा बाम गठबन्धनको पक्षमा जनलहर देखिएको छ । 
बाम गठबन्धनको पक्षमा जनलहर देखिनुको प्रमुख कारण संविधान निर्माण र यसको कार्यान्वयनमा नेकपा एमालेले खेलेको भूमिका र लिएको अडान हो । नेपाली कांग्रेसले संविधान निर्माण गर्दा दोहोरो भूमिका खेल्यो । संविधान निर्माणमा नेपालका शक्तिहरुले आफ्नै वर्कतमा पहलकदमी लिएको र समझदारी गरेको कतिपय अदृश्य शक्तिहरुलाई पाच्य भएको थिएन । कांग्रेस नेतृत्वले ती बाह्य शक्तिको दबाब र प्रभावको सामना गर्ने इच्छाशक्ति देखाएन । बरु अन्तिम अवस्थामा संविधान जारी गर्नबाटै रोक्नुपर्ने पक्षमा कतिपय नेताहरु देखापरे । भारतीय प्रधानमन्त्रीका विदेश दूत एस जयशंकरले संविधान जारी गर्नबाट रोक्न खोज्दा समेत एमालेले त्यसको प्रतिवाद ग¥यो तर कांग्रेसले त्यो साहस देखाएन । जनताले यसको मूल्यांकन गरेका रहेछन् भन्ने कुराको प्रमाण पछिल्लो निर्वाचन परिणाम हो । नेपाली जनता राष्ट्रिय स्वाभिमान र एकताको पक्ष लिने दल एवं नेतृत्वको पक्षमा छन् भन्ने सन्देश पनि यस निर्वाचनले दिएको छ ।
संविधान जारी भइसकेपछि १६ बु“दे समझदारीविपरीत कांग्रेसले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई केपी ओलीको विरुद्धमा उम्मेदवारी दिन लगाइयो । जबकि कोइरालालाई राष्ट्रपति, ओलीलाई प्रधानमन्त्री र माओवादी नेतालाई सभामुख बनाउने समझदारी भएको थियो । समझदारी भा“डेर ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न खोज्नु कांग्रेसको बेइमानी थियो । त्यति मात्र होइन, संविधान जारी भइसकेपछि त्यसको स्वामित्व लिन कांग्रेसले आवश्यक ठानेन । बरु बाह्य शक्तिलाई सन्तुष्टि हुने गरी एकातिर संविधानको विरोध ग¥यो, अर्कोतिर संविधान संशोधनमा सहयोगी भूमिका पनि निभाएन । संविधानले तय गरेका प्रदेशको सीमांकनलाई बाह्य शक्तिको इशाराअनुसार हेरफेर गर्ने प्रस्ताव संसदमा पेस ग¥यो ।
यति मात्र होइन, भारतीय नाकाबन्दीलाई नाकाबन्दी हो भनेर समेत कांग्रेस नेताहरूले उच्चारण गरेनन् । जबकि, नेपालको सार्वभौमसत्तामाथि भएको उक्त प्रहारको संसारभरबाट विरोध भयो । आफ्नै मुलुकको संसदको ठूलो दलले मौनता सा“ध्यो, राष्ट्रमाथिको त्यो बर्बर हस्तक्षेपप्रति । अझ कांग्रेसले लोकतान्त्रिक मूल्य, मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तप्रतिको निष्ठालाई कमजोर तुल्याउने गरी अदालतमाथि हस्तक्षेप ग¥यो । दक्षिण एसियाकै व्यावसायिक सुरक्षा संगठन मानिने नेपाल प्रहरीभित्रको मेरिट प्रणालीलाई नै निष्क्रिय तुल्याई संगठन कब्जा गर्ने प्रयास गरियो । ठूल्ठूला घोटाला सरकारकै संरक्षणमा भइरहेका तथ्यहरू सार्वजनिक गरिए । लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, चूडामणि शर्माजस्ता पात्रहरूलाई संरक्षण प्रदान ग¥यो, कांग्रेसले नै ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालविरुद्ध नाकाबन्दी गर्ने शक्तिका सामु घु“डा टेकेनन् । पदको लोभमा कुरा चपाएनन् । उनले खुलेर एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकको सरकार प्रमुखको रूपमा राष्ट्रमाथि आइलागेको संकटका बारेमा सार्वजनिक जानकारी हुने गरी खरो टिप्पणी गरे । अनुचित नाकाबन्दीको डटेर सामना गर्न सम्पूर्ण नेपालीलाई ऊर्जा र आत्मबल प्रदान गर्दै एउटा राष्ट्रिय भावधारामा समाहित गर्ने काम ओलीले गरे । एउटा छिमेकीस“ग शिष्टाचार निभाउन र समझदारीबाट सम्बन्ध अगाडि बढाउन तत्कालीन प्रधानमन्त्री ओली भारत भ्रमणमा गए तर उनले आफ्नो देशको संविधानको पवित्रता र स्वामित्वमाथि आ“च आउने गरी कुनै सम्झौता गरेनन् । संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न पनि मानेनन् । ओलीले जुन कुरा मानेका थिएनन्, देउवाले त्यही काम गरेर आए । त्यसका निम्ति देउवा र उनको दल दण्डित हुनैपथ्र्यो । नेपाली जनताले यसपटक हिसाब चुक्ता गरिदिए ।
भारतीय थिचोमिचो असहनीय थियो । तसर्थ, एउटा सार्वभौम भूपरिवेष्ठित मुलुकले पाउने पारवहन अधिकारको प्रयोग गर्दै ओलीले चीनस“ग रणनीतिक महत्वका समझदारी गर्ने आ“ट गरे, जुन विगतका कुनै पनि प्रधानमन्त्रीले त्यो आ“ट गरेका थिएनन् । बाह्य शक्तिको उक्साहटमा उक्त राष्ट्रवादी सरकार ढाल्न देउवा मोहोरा बनिदिए । विगतमा नेपाली कांग्रेसको नेतृत्वमा भएका कुशासन, भ्रष्टाचार र अलोकप्रिय निर्णय तथा गतिविधिका कारण पनि नेपाली जनता आजित थिए । ६–६ महिनामा सरकार परिवर्तन गर्ने, ५–६ दर्जन मन्त्रीहरुलाई नियुक्ति दिएर राज्यस्रोतको दोहन गर्ने, संस्थागत रुपमै कमिसन तन्त्र सञ्चालन गर्ने कारणले पनि कांग्रेस र यसको नेतृत्वपंक्ति प्रति आमजनतामा वितृष्णा थियो । त्यही वितृष्णाको मत समेत बाम गठबन्धनको पक्षमा परेको छ । हालको निर्वाचन परिणामले स्पष्टतः बाम शक्तिहरु मिलेर आऊ, स्पष्टतः आर्थिक विकासको बृहत कार्यक्रम कार्यान्वयन गर र मुलुकलाई स्थायित्व एवं समृद्धि दिने वाचा पूरा गर भन्ने सन्देश दिएको छ । यी शक्तिहरुले जनताको आकांक्षालाई पूरा गर्न सकेनन् भने अर्को निर्वाचनसम्म जनमत यस्तै रहिरहने छैन ।

Related News