​उर्जामन्त्रीलाई अर्घाखाँचीका युवाले घेरे

अर्घाखाँची, २८ पुस । 
पाँच नम्बर प्रदेश टुक्राउने सरकारको प्रस्तावप्रति आक्रोशति अर्घाखाँचीबासीका युवाहरुले उर्जामन्त्री जनादर्न शर्मालाई घेरेर दुव्र्यवहारको प्रयास गरेका छन् । मन्त्री शर्माले स्थानीयको भावनालाई नबुझी  सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने अभिव्यक्ति दिएपछि स्थानीय युवाहरु आक्रोशित भएका हुन् । जनतालाई हावादारी सपना देखाएर झुक्याउन खोजेको भन्दै कार्यक्रममा सहभागी स्थानीयहरु रुष्ट भएका हुन् । 
सन्धिखर्कस्थित ट्राफिक चोकपछाडि आजबाट सुरु अर्घाखाँची महोत्सव उद्घाटनका लागि पुगेका बेला शर्मा स्थानीय युवाहरुको घेराबन्दीमा परेका हुन् । सन्धिखर्क पुगेर पाँच नम्बर प्रदेश टुक्राइनु जायज भएको भन्दै उनले अर्घाखाँचीबासीलाइ पोखरा जान सुरुङमार्ग बनाइने बताएपछि स्थानीयबासी आक्रोशित भएका थिए । 
स्थानीयबासीको घेरामा परेका शर्मालाई सुरक्षाकर्मीले बल्लतल्ल कायक्रमस्थलबाट निकाल्ने प्रयास गरिरहेका छन् ।  ५ नम्बर प्रदेश टुक्राउने विरोधमा रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी लगायत जिल्लाका बासिन्दा रुष्ट छन् । 



Related News