​ आजदेखि जनता टिभी

काठमाडौं, २९ असार 
 जनता टेलिभिजनले आजदेखि नियमित प्रसारण आरम्भ  गर्ने भएको छ । आज साँझ ६ बजे होटल सोल्टी काठमाडौंमा आयोजना हुने एक समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले जनता टेलिभिजनको नियमित प्रसारण शुभारम्भ  गर्न लागेको हो । 
टेलिभिजनले आजै साँझ ८ बजेदेखि आफ्ना नियमित कार्यक्रम तथा समाचार प्रसारण प्रारम्भ  गरिने टेलिभिजनले जनाएको छ  । जनता टेलिभिजनले वैशाख २० गतेदेखि परीक्षण प्रसारण गर्दै आएको छ । 
 विभिन्न क्षेत्रका एक सय भन्दा धेरै व्यक्तिहरुको लगानीमा प्रसारित जनता टेलिभिजनले २०७३ असार २९ गते सञ्चालन अनुमति पाएको थियो । स्याटेलाइटमार्फत प्रसारण हुने जनता टेलिभिजनमा समाचारका साथै विभिन्न किसिमका विकासमुलक र मनोरञ्जनात्मक कार्यक्रमहरुसमेत समावेश हुने  टेलिभिजनले जनाएको छ । 
टेलिभिजनका महाप्रवन्धकमा लक्ष्मण हुमागाई छन् ।  नियमित प्रसारण प्रारम्भ भए लगत्तै सामाजिक टेलिश्रृंखलाहरु प्रारम्भ  गरिने उनले जानकारी दिए । जनता टेलिभिजनले वरिष्ठ साहित्यकार मोदनाथ पश्रितको कथामा आधारित टेलिचलचित्र प्रसरण गर्ने भएको छ । 
जनता टेलिभिजनका अध्यक्षमा डा.विजयकुमार पौडेल छन् ।  जनता टेलिभिजनले जनताको रोजाई र चाहना अनुसार आफ्नो कार्यक्रमहरु निर्माण गरी प्रसारण गर्ने  गर्ने डा.पौडेल बताउछन्  ।  
जनता टेलिभिजनले चीनको औद्योगिक तथा व्यापारिक प्रान्त ग्वाङजाओको ग्वाङजाओ टेलिभिजनसँग प्रविधिक तथा अनुभव आदानप्रदान गर्ने समझदारीसमेत  गरेको छ । दुवै टेलिभिजनबीच दुई देशको धार्मिक, सांस्कृतिक अनुभव र समाचार आदान प्रदान तथा पर्यटन प्रवर्द्धन गर्ने सहमति भएको थियो । सामुदायिक टेलिभिजनका रुपमा जनता टेलिभिजन आउन लागेको हो । 

Related News