​जापानमा भूकम्प, सुनामीको चेतावनी

काठमाडौं, ७ मंसिर । जापानको फुकुसिमानजिक मंगलबार बिहान ७.४ म्याग्नेच्युडको भूकम्पको गएको छ । यसबाट सम्भावित  सुनामीको चेतावनी दिइएको बीबीसीले जानकारी दिएको छ । स्थानीयवासी उच्च ठाउँको खोजीमा छन् भने केही घाइते भएको जनाइएको छ । स्थानीय समयअनुसार बिहान ६ बजे भूकम्प गएको मेट्रोलजिकल एजेन्सीले जनाएको छ ।

Related News