​जापान उडानको तयारीमा नेवानि

दृष्टि न्यूज

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना जहाजका लागि ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा उपलब्ध गराउन सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । निगमले ग्राउन्ड ह्यान्डलिङसँगै त्यहाँ जहाज मर्मत र इन्जिनियरिङ सेवासमेत उपलब्ध गराउने गरी आइतबार सार्वजनिक प्रस्ताव आह्वान गरेको हो ।
सम्बद्ध कम्पनीले १५ दिनभित्र प्रःताव पेस गर्ने म्याद निगमले दिएको छ । ‘आगामी भदौ १६ बाट असोज १४ गतेभित्र काठमाडौंबाट सिधा जापानको राजधानी टोकियो नजिक रहेको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित व्यापारिक उडान गर्ने योजनामा छौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बताएको समाचार नागरिक दैनिकमा छ । 

Related News