जापान र सेनेगल बराबरीमा, कोलम्बियाले पोल्याण्डलाई ३–० ले हरायो

दृष्टि न्यूज

काठमाडौं ११ , असार ।

विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत गएरातिका खेलमा जापान र सेनेगलले बराबरी खेलेका छन् भने कोलम्बियाले पोल्याण्डलाई ३–० पराजित गरेको छ ।

खेललाई  २–२ गोलको बराबरीमा टुंग्याउने क्रममा जापानका लागि होण्डा र इनुइले गोल गरे । यस्तै सेनेगलका सादियो माने र मूस्सा वागुले बललाई जाली चुमाएर । बराबरीसँगै अंक तालिकामा यी दुवै टोलीको ४ अंक पुगेको छ । दुवैले आ–आफ्नो पहिलो खेल जितेका थिए ।

यस्तै समूह एचुअन्तर्गतकै अर्को खेलमा कोलम्बियाले पोल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्‍यो । यो कोलम्बियाको पहिलो जित हो । कोलम्बियाका लागि फल्काओ, कोर्डाडो र मिनाले १(१ गोल गरे । पहिलो खेलमा जापानसँग स्तब्ध भएको कोलम्बियाले जीतसँगै अंक तालिकामा ३ अंक जोडेको छ ।

Related News