प्रवासी नेपाली मञ्च जापानमा नयाँ नेतृत्व

काठमाडौं, १५ मंसिर । प्रवासी नेपाली मञ्च जापानको २० औ राष्ट्रिय अधिवेशन समपन्न भएको छ । नेकपा (एमाले) स्थायी समिति सदस्य एवम प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङले हालै  जापानको टोकियोमा  उदघाटन गरेको अधिवेशनमा पार्टीको दक्षिण पूर्वी एसिया संयोजक पार्टी बैकल्पीक केन्द्रीय सदस्य राजन राईसमेत सहभागी थिए । 

अधिवेशनले आगामी दुई वर्षका लागि महेन्द्र श्रेष्ठको अध्यक्षतामा  २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पाँच उपाध्यक्षमा बाबुराम भण्डारी, सिद्धार्थ श्रेष्ठ, कुलचन्द खरेल, मोहन रायमाझी, बलराम भुसाल चयन भएका छन् । यस्तै, महासचिवमा सुरेश केसी, उपमहासचिव राजेन्द्र श्रेष्ठ, दुई सचिवमा विकास पौडेल र जीवन अर्याल तथा कोषाध्यक्षमा पशुपति गिरी छन् । कार्यसमिति सदस्यहरूमा पर्शुराम बस्नेत, भीम न्यौपाने, देवीलाल भण्डारी, बुद्धिराज घिमिरे, प्रकाश महरा, अशोकचन्द्र अधिकारी, अच्युत लोहनी, प्रकाश ढकाल, स्वतन्त्र पौडेल, आलोक चालिसे, दीप पाठक, सागर रिजाल,  राजु तिवारी र नारायण पौडेल रहेको नेपाली एमालेले जानकारी दिएको छ । 

Related News