जात्रा हेरेपछि वर्षाका आमाबुवाको ‘मन खल्लो’

काठमाडौं, २७ कात्तिक । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ले चर्चा पाइरहेको छ, यति बेला नायिका वर्षा राउतका आमाबुवालाई कस्तो लागिरहेको होला ? 

वर्षाको अभिनयलाई लिएर उनका आमाबुवाले ‘मन खल्लो’ भएको प्रतिक्रिया दिएका छन् । “फिल्मले निकै हँसाउँदो रहेछ तर आफ्नी छोरी भने धरै रुँदी रहिछ,” वर्षाकी आमाले भनिन्, “त्यसैले मनै खल्लो भयो ।” 

शुक्रबारदेखि प्रदर्शनमा ‘जात्रा’ले लगभग लगानी उठाइसकेको निर्माता रवीन्दसिंह बानियाँले दाबी गरे । दर्शक बढ्दै गएका कारण नाफा हुने उनले बताए । “फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ, यसले अर्को फिल्म बनाउन सजिलो पर्ने देखेको छु,” उनले भने । 

निर्देशक भट्टराईले दर्शकको प्रतिक्रियाले उत्साहित बनाएको बताए । 
 

Related News