​ज्योतिको बैठक बस्दै बोनस शेयर र हकप्रद दिने संकेत

काठमाण्डौ, २८ पुस । ज्योति विकास बैंक लिमिटेडको नवौं साधारणसभा पुस २८ गते विहिबार बस्दैछ । बैंकको उक्त सभाले सञ्चालक समितिको २५४ औं बैठकले प्रस्ताव गरेको ११ दशमलव ७० प्रतिशत बोनस शेयर दिने पारित गर्दैछ ।
त्यस्तै सो सभाले बैंकको चुक्तापूँजी वृद्धिका लागि बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीमा एक बराबर एक को अनुपातमा हकप्रद दिने प्रस्ताव पनि पारित गर्ने बैंकले जनाएको छ ।
९२ करोड ३४ लाख रुपैया चुक्ता पुँजी भएको ज्योति विकास बैंकले गतआर्थिक वर्षमा १५ करोड २१ लाख रुपैया खुद मुनाफा कमाउन सफल भएको छ । बोनस वितरण पश्चात बैंकको चुक्तापुँजी १ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ भने त्यसपछि कायम पूँजीको शत प्रतिशत हकप्रद जारीपछि बैंकको चुक्ता पुँजी २ अर्ब नाघ्नेछ ।

Related News