​जेसिबी मेसिन खरिदका लागि २० प्रतिशत डाउन पेमेन्ट योजना सार्वजनिक

दृष्टि न्यूज

काठमाडौं, १४ पुस । नेपालका लागि जेसिबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले जेसिबी मेसिन खरिदका लागि डाउन पेमेन्ट योजना सार्वजनिक गरेको छ । 
योजनाअनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा जेसिबी ब्रान्डका मेसिन खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । जेसिबीको नयाँ अफरमा एनसिसी बैंकको साथ रहेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एनसिसी बैंकका सिइओ रमेशराज अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
कम्पनीले नयाँ अफरको प्रचारका लागि ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसिबी’ अभियान सुरु गरेको छ ।
‘स्थानीय र संसदीय निर्वाचन समापनसँगै अब विकास निर्माणले तीव्रता पाउनेछ । जस्तोसुकै निर्माणका लागि हेभी इक्विपमेन्ट आवश्यक पर्छ । २० प्रतिशत डाउन पेमेन्टमा जेसिबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन, स्थानीय तहमा समेत पु¥याउन चाहन्छौँ,’ एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ हेड दीपकराज गिरीले भने । 
२० प्रतिशत डाउन पेमेन्ट अफरले जेसिबी मेसिन खरिदलाई सहज बनाई यसबाट सरकारी मात्र नभई निजी क्षेत्र पनि लाभान्वित हुने विश्वास उनले व्यक्त गरे ।
हाल कम्पनीले नेपाली बजारमा जेसिबीका एक्साभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल र रोबोटलगायत उत्पादन बिक्री गरिरहेको छ । 
कम्पनीले सन् २००३ मा बेलायती हेभी इक्विपमेन्ट ब्रान्ड जेसिबीको डिलरसिप लिएको थियो । ललितपुरमा अवस्थित जेसिबीमा हाल साढे दुई सयभन्दा बढी कर्मचारी कार्यरत छन् भने अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । 
कम्पनीले हाल मुलुकभर ११ स्थानमा ‘थ्री एस’ सुविधासहितका शाखा, चारवटा आधिकारिक बिक्रीकेन्द्र र एक सय ६६ जना सर्भिस इन्जिनियरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । 

Related News