​झापामा कोठी चलाउने व्यक्ति प्रहरी फन्दामा

 झापा, २६ पुस 
झापामा बेश्यावृत्तिको धन्दा चलाउदै आएका व्यक्ति प्रहरी फन्दामा परेका छन्।  
झापा कन्काई– ४ घर भई अर्जुनधारास्थित नयाँबसपार्कमा एवान होटल एण्ड लज चलाउने ३८ वर्षीय राज कुमार सिटौलालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो। 

उनले युवतीहरुलाई कोठामा बन्धक बनाएर बेश्यावृत्तिमा लगाउदै आएको प्रहरीले जनाएका छ। तीन जना पीडित युवतीहरुले जाहेरी दिएपछि सिटौलालाई पक्राउ गरी मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको इप्रका बिर्तामोडका डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए।  
युवतीहरुलाई सिटौलाले ग्रामिण क्षेत्रका घरहरुमा बन्धक बनाएर राख्दथे। घरबाट पनि निस्कन नदिई आफुहरुलाई थुनेर राख्ने र बेलुका विभिन्न होटलमा पठाउने गरेको पीडित युवतीहरुले बताएका छन्। ‘एकै दिन १७ जना युवतीहरुलाई उनले बेश्यावृत्तिमा लगाएको समेत खुलेको छ,’ डिएसपी कोइरालाले भने,‘जिल्लाका अन्य होटलहरुमा समेत उनले युवतीहरुलाई पठाउदै आएको बुझिएको छ।’ 

Related News