​झुमा भन्दै छिन्– सोझी मान्छे म त (भिडियोसहित)

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


काठमाडौं, १७ जेठ । गायिका झुमा निरौला ‘सरगमश्री’ एल्बम लिएर दर्शक÷श्रोतामाझ आएकी छन् । उक्त एल्बममा संग्रहित ‘सोझी मान्छे म त हजुर’को भिडियोसमेत उनले सार्वजनिक गरेकी छन् । कृष्ण अविरलको शब्द, भूगोल दाहालको संगीत रहेको उक्त गीतको भिडियो गायिका निरौलाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । किसन अर्यालले गरेको भिडियोमा रिस्ता बस्नेत र सलिन भट्टराईले अभिनय गरेका छन् । 

गायनमा प्रतिभा भए पनि ओझेलमा देखिएकी इलामकी यी गायिका एल्बमका साथ बजारमा आएकी हुन् । उनी २०५५ सालमा जिल्लास्तरीय प्रतियोगिता, २०५७ सालमा ब्राइटर तिम्रो सुर मेरो गीत अनि २०६४ सालमा राष्ट्रिय नाचघरले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गायन प्रतियोगितामा प्रथम भएकी थिइन् । पहिलो नेपाली ताराको टप टेनमा पनि परेकी उनी एल्बमका साथ श्रोतामाझ आएकी हुन् । उनको एल्बममा ६ वटा गीत सुन्न सकिन्छ । स्वर्गीय आमा सरस्वती निरौलाप्रति समर्पण गर्दै छोरीको नामबाट सरगमश्री एल्बम निकालेको उनले सुनाइन् । 

कला भण्डारको प्रस्तुती रहेको एल्बममा सविन भट्टराई, घनश्याम पथिक, कोमल निरौला, गौतम डंगोल, सौगात बानियाँ र कृष्ण अविरलका शब्द अनि डेनी निरौला, हरि लम्साल ,कोमल निरौला, भीषण निरौला, सौगात बानियाँ र भूगोल दाहालको संगीत समेटिएको छ । 

Related News