काजकिरिया सकाइएका जीवन टुप्लुक्क देखिए... !

दृष्टि न्यूज

पोखरा । अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । जीवनको आफन्तले काजकिरिया गरिसकेका थिए । भूकम्पका कारण मरेको भनी उनको काजकिरिया सकाइएको थियो । 
अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवनको २०७२ साल बैशाख १२ मा काठमाडौमा भूकम्पमा परेर मृत्यु भएको भन्दै काजकिरिया गरिएको थियो । 
काठमाडौको कपनमा जीवन र उनका आफन्तसहित पाँच जना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प आएपछि उनी  सम्पकविहिन भएका थिए । अन्य चार जना भने सम्पर्कमा आएका थिए । लामो समयसम्म सम्पर्कमा नआएपछि मृत्यु भएको हुनसक्ने ठानेर घरमा काजकिरिया गरिएको उनको ठूलोबुबा हरि बूढाले बताएका छन् ।
पोखरामा यातायात मजदूरका रुपमा काम गरिरहेको सुराकी पाएर खोज्न आएपछि उनलाई पोखराको नयाँबजारस्थित पृथ्वी माइक्रो बस काउन्टरमा देखेको र र त्यहाँबाट उनी भागेको हरिले बताएका छन् । जीवन पोखरामा छ भन्ने थाहा पाएसँगै हाल नेपालगञ्जमा बस्दै आएकी जीवनकी आमा जानकीले छोरा खोजेर ल्याउन बारम्बार आग्रह गरेपछि काठमाडौंको जोरपाटीमा खाद्यान्नको थोक बिक्रीको कारोबार बन्द गरेर पोखरा आएको हरिले बताए । 
छोरो हराएपछिको पिरले ४० वर्षीय आमा जानकीको रक्तचाप बढेको छ भने निन्द्रा लाग्नका लागि नियमित औषधि सेवन गर्न थालेकी छन् भने बुबा किसन बूढा रोजगारीका सिलसिलामा भारतमा बस्दै आएको बताइन्छ । 
पोखरा माइक्रोबसमा सिटी भाइका उपनामबाट परिचित पोखरा १४ चाउथे बस्दै आएका जीवनलाई सबैको सहयोगमा लिएर आमा जानकीसँग पु¥याउने धामीको धोको छ । 

Related News