कैलाली जिससमा पनि एमालेले र फोरमको संयुक्त प्यानल विजयी

वीरेन्द्र रावल, ३० साउन धनगढी । जिल्ला समन्वय समन्वय समिति कैलालीमा  नेकपा एमाले र फोरम लोकतान्त्रिकको टिम  निर्विरोध निर्वाचित भएको छ । एमाले लम्की चुहा नगर पालिका १ बाट वडा सदस्यमा निर्वाचित  नेकपा एमालेका नेता सूर्य बहादुर थापा संयोजक र गौरी गंगा नगरपालिका ५ वाट वडासदस्यमा निर्वाचित महिला सुन्दरी देवी थारु उपप्रमूखमा निर्विरोध भएकी छिन् ।
त्यस्तै जिससका सदस्यहरुमा  नेकपा एमालेकका तर्फबाट गोदाववरी नगरपालिका ५ बाट निर्वाचित सदस्य टेक बहादुर बुढढा, धनगढढी उपमहानगरपालिका वडानम्बर १४ बाट निर्वाचित महिला सदस्य देववी भण्डारी ,घोडाघोडी नगरपालिका १ बाट निर्वाचित दलित  महिला सदस्य मालती सार्की(वि.क) र टीकापुर नगरपालिका १ बाट वडासदस्यमा निर्वाचित लल्ते सावद निर्विरोध भएका छन् । 
यसैगरी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका तर्फबाट जोशीपुर  गाउँ पालिका ४ बाट वडा सदस्यमा निर्वाचित बिष्ष्णु चौधरी, भजनी नगरपालिका वडानम्बर १ बाट निर्वाचित महिला सदस्य राजकुमारी महत्तों र लम्की चुहा नगरपालिका ७ बाट महिला सदस्यमा निर्वाचित मीना देवी चौधरीपनि निर्विरोध निर्वाचित भएका छन् ।
कैलालीजिल्ला समन्वय समितिमा लोकतान्त्रिक फोरम र नेकपा एमाले विच तालमेल गर्ने सहमति भएपछि साउन २८ गतको उम्मेदवार मनोनयनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता नगराएपछि एमाले र फोरम लोकतान्त्रिकको संयुक्त प्यानल निर्विरोध भएको थियो ।
निर्विरोध भएका संयुक्त प्यानलकाक विजयी पदाधिकारीहरुलाई आईतबार जिल्ला न्यायाधिश धनसिंह महराले पद तथा गोपनियताको सफत गराएका थिए ।
निर्वाचित पदाधिकारीहरुले आईतबारनै पदवाहली संगै समन्वय समितिको बसेको पहिलो बैठकले कैलाली जिल्लामा भएको बाढी पिडितहरुको उद्धारका लागि सरकार संग पहल गगर्ने। टकिापुर, राजकाँडा, कर्णाली चिसापानी गर्भादरवार लाई पर्यटकीय क्षेत्रबनाउने, कैलाली जिल्ला लाई खाद्यान्नमा  आत्म निर्भर बनाउनका लागि सबै क्षेत्र संग पहल गर्ने , जिल्ला स्थित सबै राजनीतिक दल नागरिक समाज संग मिलेर समस्याहरुको पहिचान र समाधानका लागि प्रयास गर्ने लगायतका निर्णयहरु गरेको जिल्ला समन्वय समिति कैलालीका सञ्चार अधिकृत योगेन्द्र ओझाले बताए ।
कैलाली जिल्लाकै इतिहासमा पहिलो पटक एमालेले जिल्ला समन्वय समितिमा बहुमत सदस्य सहित मपदाधिकारीहरु निर्विरोध गगराउन सफल भएको छ भने फोरम लोकतानित्रककका तीन जजना समन्वय समितिमा सदस्यहरु निर्विरोध भएका छन् ।

Related News