​जुलियान असान्जमाथि खामबन्दी अभियोग दर्ता

दृष्टि न्यूज

वासिंगटन, (एजेन्सी) । अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका ‘विकिलिक्स’का संस्थापक जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ । 
विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेका छन् । तर, असान्जविरुद्ध अभियोगको प्रकृतिबारे स्पष्ट भएको छ्रन । ‘अमेरिकी न्याय विभागले एउटा शिलबन्दी अभियोगपत्र अदालतमा पेश गरेको पाइयो’ विकिलिक्सले ट्वीटरमा लेखेको छ । 
अमेरिकी सहायक महान्यायाधीवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्जविरुद्ध खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताएकी छन् । उनले  अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गरेका छन् ।
मुद्दाको संवेदनशीलताका कारण गोपनीयता राख्न जरुरी भएको बताउँदै ड्वाएरले असान्जलाई पक्राउ नगर्दासम्म उक्त खामबन्दी अभियोगलाई खामबन्दी नै राखिने बताइन् ।

Related News