​जुम्ला, बझाङ, प्यूठान र दाङमा इन्भेष्टमेन्ट बैंकको शाखा विस्तार

दृष्टि न्यूज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले जुम्ला, बझाङ, प्यूठान र दाङमा गरी चारवटा जिल्लामा थप शाखा विस्तार गरेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले स्थानीय तह अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार यी शाखाहरुको विस्तार गरिएको बैंकले जनाएको छ ।
जुम्लाको हिमा गाउँपालिकास्थित कालीकाखेतु, बझाङको केदारसीउ गाउँपालिकास्थित झोता, प्यूठानको नौबहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तीनगरमा क्रमशः ७४औं, ७५औं, ७६औ र ७७ औं शाखा खोलेको हो ।
योसँगै प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३५ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ११ वटा, प्रदेश नम्वर ६ मा ५ वटा र प्रदेश नम्वर ७ मा ५ वटा शाखा पुगेको छ । 
४५ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको इन्भेष्टमेण्ट बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई रु.३ अर्ब ७६ करोड लगानी गरेको छ ।  आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०१ वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५७ वटा शाखा रहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटिएम रहेको छ । 

Related News