​जुवा अखाडाबाट डन पक्राउः छुटाउन प्रहरीमाथि चर्को दबाब

काठमाडौं, १ कात्तिक । तिहार सुरु भएपछि घर घरमा मिनी क्यासिनो अर्थात जुवा खेल्ने क्रम बढेको छ । महानगरीय प्रहरी वृत्त गौशालाले मंगलबार पुरानो बानेश्वरको अर्गानिक चुलोभित्र जुवा खेलिरहेको अवस्थामा १० जना भन्दा बढी ब्यक्तिलाई पक्राउ गरेको छ । 
जुवाको खालबाट प्रहरीले ११ लाख ५० हजार रुपैयाँ बरामद गरेको गौशाला बृत्तका प्रमुख डीएसपी अनुपम श्रेष्ठले बताएका छन् । पक्राउ परेकाहरुको बारेमा जानकारी माग्दा उनले धेरै जना पक्राउ परेका छन् भने । महानगरीय प्रहरी परिसर काठमाडौंबाहेक अन्यत्रबाट सूचना नदिन निर्देशन भएकाले नामावली उतैबाट लिनुपर्ने भन्दै दिन अस्वीकार गरे । तर गौशाला प्रहरीले काभ्रेली समूहका डन बिष्णु लामादेखि, सत्य लामा सहितलाई पक्राउ गरेको स्रोतले बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्रसिंह धानुकले मिटिङमा भएको भन्दै पछि सम्पर्क गर्नु भने ।  स्रोतका अनुसार चण्डोल लगायत काठमाडौंका विभिन्न स्थानमा जुवा अखाडा नै संचालन गर्दैआएका सत्य लामा र काभ्रेली समूहका विष्णु लामा पनि पक्राउ परेकाले उनीहरुलाई छुटाउन प्रहरीमाथि चर्को राजनीतिक दबाब परिरहेको छ । जुवा अखाडाबाट ११ लाख ५० हजार रुपैयाँ मात्र बरामद भएको दाबी प्रहरीको छ । तर जुवाखालबाट पक्राउ परेको रकम धेरै भए पनि प्रहरीले थोरै देखाएको स्रोतको दाबी छ । काभ्रेली समूहका गणेश लामाले बिष्णु र सत्यलाई छुटाउन दबाब दिइरहेका छन् । लामा विजय गच्छेदारसँगै कांग्रेसमा प्रवेश गरेका छन् । गृहमन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले आफैंसँग राखेका छन् ।

Related News