बौद्धबाट ९ जुवाडे पक्राउ

काठमाडौं, ३० असार । 
 बौद्ध सरस्वतीनगर स्थित ५४ वर्षीय श्याम महर्जनको घरमा जुवातास खेलिरहेका महर्जन समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । नगद ७६ हजार ९५ र ४ बुक तास सहित बिहिबार प्रहरीले उनीहरुलाई पक्राउ पक्राउ गरेको  हो । उनीहरु पेशेवर जुवाडे भएको प्रहरीले जनाएको छ।  जुवा मुद्दामा उनीहरुविरुद्ध प्रहरीले कारबाही अघि बढाएको छ । 

Related News