​कैलाशले ल्लायो नयाँ हेलिकोप्टर

दृष्टि न्यूज

काठमाडौं २०, फागुन  । कैलाश हेलिकोप्टरले फ्रान्समा निर्मित एयरबस एएस ३५० बी३ई हेलिकोप्टर ल्याएको छ । कम्पनीले ३० करोड लगानीमा नयाँ हेलिकोप्टर ल्याएको कम्पनीका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए । उनका अनुसार नागरिक उड्डयन प्राधिकरणमा तत्कालै एयर अपरेटर सर्टिफिकेट (एओसी) को आवेदन दिइनेछ । एओसी पाउनेबित्तिकै उडान सुरु गर्ने पनि उनले बताए ।
कैलाश समूहमा पाण्डेबाहेक रमेशकुमार पण्डित, सुनिल श्रेष्ठ, सीएन पाण्डे, श्रीहरि कुइँकेल, श्रीराम केसी, ईश्वरी पौडेल र आषिश शेरचनको लगानी रहेको छ । 

Related News