​एक दिन व्रत बस्दा के हुन्छ र ? : कलादेवी भट्टराई, गायिका

भर्खर मात्र सांगीतिक यात्रा सुरु गरेकी कलादेवी भटृराईको  तिजको गीत ‘यसपालीको तिजमा माइती गइन्छ, मिठो मिठो पकाएर दर खाइन्छ,’ बोलको  गीत  निकै लोकप्रिय भएको छ । उनै गायिका  भटृराईसँग रेजिना पाण्डेको जम्काभेट:
तपाईको तिज गीत त निकै चर्चित भयो नि ? 
हो, दर्शक÷स्रोताहरुले रुचाउनु भएको छ । सामाजिक सञ्जालमार्फत् र युट्युवमा पनि धेरैले मनपराएको देखिएको छ । तिजका कार्यक्रमहरुमा पनि धैरैले मेरो गीत बजाएको पनि देखे ।
निकै खुशी हुनुहुन्छ ?
धेरै नै । एउटा गायकको लागि यो भन्दा ठूलो के हुन सक्ला जसको गीत बजारमा बजिरहेको छ । 
यो गीतको कम्पोज र रचना तपाईंको  श्रीमान पे्रम प्रसाद भट्टराईले गर्नुभएको रहेछ, होइन ? 
हो । उहाँ आफैँ पनि गायक, रचनाकार र साहित्यकार हुनुहुन्छ । मेरो लागि यो तिजको गीत पनि उहाँले नै तयार गर्नुभएको हो । साथै यसैका लागि उहाँ कतारबाट आउनुभएको हो । उहाँले गर्दा नै म संगीतमा लागेको हुँ । 
गीत चलेपछि तपाईंको श्रीमानले के भन्नुभयो ? 
अझ राम्रो गर । राम्रो रचना कहिल्यै मर्दैन भन्नुहुन्छ ।
तिज कत्तिको लागेको छ, तिजमा दर खानुहुन्छ ? 
तिज लागेको हो । दर खाने कुरा हाम्रो रिती र परम्परा हो । रितीले हामीलाई एउटै डोरीमा बाँधेको छ । 
तिजमै गीत निकाल्नु उद्देश्य केही छ कि  ? 
भर्खर भर्खर मात्र संगीतमा लागियो, अनि चाडवाडको माहोल परेकोले र आफू पनि महिला भएको कारणले तिजको गीतबाट नै सांगीतिक यात्रा सुरु गरौ भनेर हो ।  श्रीमानले पनि तिजको गीतबाट नै सुरु गर भन्नुभयो । 
महिलालहरुले विशेष तिजलाई धैरै मान्यता दिन्छन् किन ?
तिज विशेषगरी महिलाको लागि बनाएको पर्व भएकोले पनि होला । 
तिजमा तपाई केही नखाएर व्रत लनु हुन्छ ?
दिउँसभरि बस्छु ।  साझँ चाहिँ पानी साथै फलफूल खान्छु । परम्परालाई जोगाउनु हाम्रो पनि कर्तव्य हो ।
तर, भोको पेटले परम्परा जोगिन्छ र ?
विज्ञहरुले पनि भनेका छन् ।  एकदिन भोको बस्दा खासै फरक पदैन भनेर ।
तिज पछिको योजनाहरु के के छन् ?
चाडपर्वकै अवसर पारेर देउँसी भैलोको गीततहरु पनि गर्छु होला ।

Related News