​दुई दशकदेखि कलामा जम्दै

दृष्टि न्यूज

काठमाडौं । स्याङजाबाट कला अध्ययन गर्न आएका देवेन्द्र थुम्केली चाँडै नै कलाक्षेत्रमा आफूलाई अब्बल बनाउन सफल भएका छन् । उनको लगनशीलताका कारण उनी करीब दुई दशकभन्दा बढी कलापत्रकारिता, चित्रकारिता, कलाअनुसन्धान  कार्टुनलगायतमा क्षेत्रमा पोख्त भएका छन् । 
गाउँमा कलाको वातावरण नभए पनि कलामा सानै उमेरदेखि भएको रुचिले देवेन्द्रलाई राजधानी छिर्न बाध्य बनायो । काठमाडौँ आउनासाथ यहाँको महङ्गी र पढाइको खर्च जोहो गर्न स्कूल पढाउने र पत्रपत्रिका पुस्तकहरुमा इलष्ट्रेशन गर्ने कार्टुन बनाउने गर्न थाले । गाउँमै रहदाँ राजनीतक वातावरण बुझेकाले यहाँ आएपछि पनि विषयले साथ दिँदासम्म कार्टुन बनाउने, इलस्ट्रेसन गर्ने र पढ्ने पढाउनेमा आफूलाई खोज्न थाले देवेन्द्रले । केही परिचितहरुको सहयोग पनि नभएको भने होइन तर कलामा अरुले भनिदिँदैमा काम गर्न सकिने हुँदैन त्यसैले आफूलाई माझ्ने सिलसिलामा उनले अनेकौं पत्रपत्रिका र प्रकाशनहरुको ढोका ढक्ढकाउनुपरेको रहेछ । यसरी कामप्रतिको लगाव र लगनशीलताले थुम्केलीलाई बनायो एक कलाकार र कला अभियन्ता ।
कलाकार थुम्केलीले ललितकला क्याम्पसबाट २०५५ सालमा प्रमाणपत्र तह पास गरेपछि कलाका आधुनिक आयामलाई खोज्न काठमाडौ विश्वविद्यालय रोजे । केयुबाट उनले साउथ एसियन आर्ट स्टडिजमा स्नातक अध्ययन गरे । सो विषयमा सो विश्वविद्यालयबाट कलामा स्नातक गर्ने उनी पहिलो विद्यार्थी बने । यस अवस्थामा आउनुभन्दा पहिला उनी राम्रो दृश्यचित्रण गर्दथ्ये । विशेष रुपमा जलरङमा खेल्न रुचाउने थुम्केलीले सातपटकसम्म आफ्नो एकल कला प्रदर्शनी समेत गरेका छन  । प्रदर्शनी गर्दा पनि उनले काठमाडौंमा मात्र नगरेर राजधानीका अलावा नवलपरारी, स्याङ्जा जस्ता ठाउँमा गरे । आफूले प्रदर्शनी गर्दा स्थानीयले पनि कलाप्रति चासो राखेको र नयाँ पुस्ताले कलालाई देख्न पाएको अवस्थाले उनलाई राजधानीभन्दा बाहिरै कलाका केही गतिविधि गरिरहन मन पर्दोरहेछ । यसक्रममा उनले ललितकला केन्द्रीय विभागबाट कलामै स्नातकोत्तर  गरेका छन । 
कार्टुनिस्ट, दृष्टान्त चित्रकार र थुम्केली– राजधानी छिरेपछि जिजिविसाको लागि सरल र बढि काम पाइने दृष्टान्त चित्रणमा उनी लागे । केही चिनेजानेकाले पत्रपत्रिकामा पनि कार्टुन बनाइदिन आग्रह गरेपछि उनले तीन दर्जन  बढी दैनिक, साप्ताहिक, पाक्षिक, मासिक लगायतका पत्रपत्रिकामा कार्टुन बनाए । उनका कार्टुन सामाजिक रुपान्तरण गर्ने खालका रहेका हुन्छन । । यसैक्रमले उनलाई पत्रकारितासँग पनि नजिक पु¥यायो । कार्टुनिस्टको संख्या निकै कम भएको र पत्रकारसँगको सम्पर्कले पनि उनलाई कार्टुन विधामा लाग्न सहज भयो । यसका साथै उहाँलाई पुस्तकहरुमा रेखाचित्र बनाइदिन र कभर डिजाइन गरिदिन पनि अनुरोध आउने गथ्र्यो । हालसम्म करिब २ सय भन्दा बढी पाठ्यपुस्तक र अन्य साहित्यिक पुस्तकहरुमा उनका दृष्टान्तचित्रले सजिएका छन् भने सोही हाराहारीमा कभर डिजाइन गगरेका छन् । 
। सुरु देखिनै लेखनमा रुचि भएकाले उनले कार्टुन बनाउँदै गर्दा बेला बखत कलाका समाचार पनि आफू आवद्ध पत्रिकामा लेख्न थाले । यसले उनलाई कला पत्रकारितामा लाग्न प्रेरित ग¥यो । उनले २०६० सालतिरै आफ्नै सम्पादनमा ‘ललितकला’ द्वैमासिक पत्रिका निकाले । कलासम्बन्धी प्रकाशित ‘कलादृष्टि’ साप्ताहिक पत्रिकामा पनि उनले सम्पादकको जिम्मेवारीमा रहि काम गरे । यसका साथै विभिन्न पत्रपत्रिकामा कला पृष्ठ संयोजकका रुपमा पनि उनीसंग काम गरेको अनुभव छ । उनले विभिन्न दैनिक, अनलाइन, साप्ताहिक, मासिक, जर्नल लगायतमा कला सम्बन्धी खोजमूलक, लेखन र पत्रकारिताको अनुभव रहेको छ ।  


कला लेखनमा अघिल्ला पुस्ताले लेख्दै आएका थिए तर नयाँ पुस्ता भने कला लेखनमा निकै टाढा थियो । उनी युवा पुस्ताको प्रतिनिधित्व गर्दै कला लेखनमा पनि सक्रिय रहेका छन । विषेश गरि कलाकार र अन्य कलाकारका कलालाई लिएर लेख्ने क्रममा उनले नेपाली लोककला, परम्परागत कला, हस्तकलाका क्षेत्रमा निकै काम गरे । थारु कलाका बारेमा पनि उनले विश्वविद्यालयमै हुँदा कला सम्बन्धि अनुसन्धान नै गरेका थिए  । उनको थांका पौभा कलामा बढी नै रुचि रहेको छ । उनले चाँडै नै कलासम्बन्धी अनुसन्धनात्मक पुस्तक बजारमा ल्याउने तयारीमा रहेका छन । 
नेपालको प्रगतिशील एवं समाजवादी कलाको दृष्टिकोण निर्माण र सिर्जनामा आबद्ध थुम्केलीले कलालाई आमजनतासम्म पु¥याउनुपर्छ भन्ने मान्यता राख्छन । सांगठनिक रुपमा जनसांस्कृतिक महासंघमा रही समाजमा प्रगतिशील कलालाई दृष्टिकोणसहित लैजान सक्रिय उनी अन्य कला सम्बद्ध संस्थाहरुमा पनि निकै क्रियाशील देखिनुहुन्छ । ललितकला पत्रकारको साझा संस्था नेपाल ललितकला पत्रकार समाज (सोफाज) का संस्थापक महासचिव थुम्केली कार्टुनिष्ट क्लब नेपालका महासचिव पनि रहेका छन  । यसका साथै कला र साहित्यमा सक्रिय लु सुन देवकोटा प्रतिष्ठानलगायतका आधा दर्जन बढी संघसंस्थामा रही काम गरिरहेका छन । कला सम्बद्ध विभिन्न संस्थामा क्रियाशील रहेर उनले आफूलाई संगठकका रुपमा पनि प्रस्तुत गरिसकेका छन । उनी २०६५ सालमा गठित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान प्राज्ञ छनोट समितिको सदस्यको भूमिका पनि निर्वाह गरेका छन् ।

Related News