कलंकीको होटलमा बालिका बलात्कृत

दृष्टि न्यूज

काठमाडौं, १६ कात्तिक ।
काठमाडौंमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । 
नुवाकोट घर भएकी दलित समुदायकी ती बालिामाथि यही कार्तिक ८ गते नुवाकोटकै ३० वर्षीय उमेश सुनुवारले बलात्कार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। 

बलात्कार भएको ८ दिनपछि पीडित पक्षले महानगरीय प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो।


बलात्कारका आरोपी सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ भने उनलाई वृत्त कालिमाटीमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Related News