साहित्यकार कमलमणि दीक्षितको निधन

काठमाडौं, १४ पुस । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा निधन भएको छ । केही महिनायता श्वासप्रश्वासमा समस्या देखिएका दीक्षितको बिहीबार बिहान २ बजेर ४५ मिनेटमा ललितपुरमा निधन भएको गुठीले जारी गरेको शो विज्ञप्तिमा उल्लेख छ । उनी १९८६ भदौमा काठमाडौंको गैरीधारामा जन्मिएका थिए । 

Related News