​सगरमाथामाको चुचुरोमा शेर्पाद्वारा नयाँ विश्व रेडर्क

दृष्टि न्यूज

काठमाडौं ।
हिमाल आरोही कामीरिता शेर्पाले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथामा नयाँ विश्व रेडर्क कायम गर्न सफल भएका छन् । यसअघिका २१ औं पटक मात्रै सगरमाथा चढेर कायम भएको नयाँ विश्व रेडर्क भंग गर्दै बुधवार विहान कामीरिता शेर्पाले २२ औं पटक सगरमाथाको चुचुरो चुम्न सफल भएर नयाँ विश्व रेडर्क कायम गर्न सफल भएका हुन् ।
कामीसहित १४ जनाको टोलीमा सहभागी भएका शेर्पाले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको संयोजक सेभेन समिट ट्रेकले जनाएको छ । उक्त टोलीमा ७ जना विदेशी र ७ जना नेपाली आरोही रहेको जनाइएको छ ।
यसअघि २१ पटक सगरमाथा चढेर आप्पा शेर्पाले विश्व कीर्तिमान कामय गरेका थिए । तर बुधबार कामीरिता शेर्पाले नयाँ विश्व रेडर्क कायम गरेपछि उक्त कीर्तिमान भंग हुन पुगेको छ । सोलुखुम्बीको थाने घर भएका ४८ वर्षका कामीले गत वर्ष २१ औं पटक सगरमाथा आरोहण गरी  आप्पा शेर्पासँग कीर्तिमान बराबरी अवस्थामा थियो । ४८ आयोजक सेभेन समिट ट्रेक्सका अनुसार शेर्पा सहभागी १४ जनाको टोलीले मंगलबार राति साउथ कोलबाट चुचुरोको आरोहण गरेको थियो । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार उनी सगरमाथा चुचुरोमा पुगेको खबर आए पनि यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको जनाए । 
सन् १९९४ मा २२ वर्षको उमेरमा नै सगरमाथाको आरोहण सुरु गरेका कामीरिताले नयाँ विश्व रेडर्क कायम गरेसँगै खुशी व्यक्त गरेका छन् । सोही टिममा आवद्ध ४५ वर्षीय लाक्पा शेर्पाले पनि नयाँ विश्व रेकर्ड कामय गर्न सफल भएकी छिन् । नौ पटक सगरमाथाको चुचुरोमा पुग्ने उनि पहिलो महिलाको रेडर्क कायम गरेकी छिन् ।

Related News