​अनुसन्धान जटिल बन्दै जाँदा कञ्चनपुरमा पुनः प्रदर्शन थालियो

दृष्टि न्यूज

धनगढी । 
निर्मला पन्तको बलात्कारपछि हत्य गरिएको घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने काम जटिल बन्दै गएपछि कञ्चनपुरमा पुनः प्रदर्शन सुरु भएको छ । दोषीलाई सार्वजनिक गर्न माग गर्दै महेन्द्र्रनगरमा पुनः आन्दोलन सुरु भएको हो । 
भदौ ८ गते प्रहरीको गोली लागेर सनी खुन्नाको मृत्यु भएपछि रोकिएको आन्दोलन पुनः सुरु अधिकारकर्मीहरुले जनाएका छन् । महिला अधिकारकर्मी, नेपाली कांग्रेसको विद्यार्थी सगठन नेपाल विद्यार्थी संघ लगायत राजनीतिक संगठनको अगुवाईमा आन्दोलन सुरु भएको हो । 
निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै बुधवार कालो सारी लगाएर तीज मनाएका महिलाअधिकारकर्मीले विहिवार हातहातमा थाली र चम्चा लिएर प्रशासन अगाडि धर्ना दिएका थिए । सो शुक्रबार थाल बोकेर प्रदर्शन सुरु गरेका छन् । घटना भएको ५० दिन पुगिसक्दा पनि सरकारले बास्तविक अपराधी पक्राउ गर्न नसकेका कारण पुनः आन्दोलन सुरु गरिएको दबाब मूलक संघर्ष समितिले जनाएको छ ।
यसअघिको आन्दोलन हिंसात्मक बनेपछि शान्तिपूर्ण आन्दोलन अघि बढाउने योजना रहेको समितिले जनाएका छ । समितिको आह्वानमा यही भदौं ३० गते कञ्चनपुर बन्दको आह्वान गरिएको छ ।

Related News