​कञ्चनपुरमा एनआईसी एशियाका दुई नयाँ शाखा

दृष्टि न्यूज

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना दुई नयाँ शाखा कञ्चनपुरको बेदकोट–५ दैजि र महोत्तरीको सम्सी गाँउपालिका–६, मा स्थापना गरेको छ । दैजी शाखाको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्द र सम्सी शाखाको सम्सी गाँउपालिकाका अध्यक्ष मो. शेख फारुकले बुधबार उद्घाटन गरे । 
सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको लक्ष्यअनुरुप स्थानीय तहमा शाखा विस्तार गर्दै लगिएको बैंकले जनाएको छ । योसँगै एनआइसी एसिया बैंकका २२४ शाखा कार्यालयहरु भएका छन् । बैँकका २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग शाखा स्थापना गरेको छ । 
एनआइसी एसिया बैंक धेरै शाखामार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार १६६ अर्ब भन्दा बढी पुगेको छ भने बैंकको कुलकर्जा करिब  ११८ अर्ब र कुलनिक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको जनाएको छ ।

Related News