कर्णाली नदिमा एकै दिन ८ सयले गरे जलयात्रा

दृष्टि न्यूज

वीरेन्द्र रावल, सोल्टा (कैलाली) । प्रदेश नम्बर ७ मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको विकासका लागि प्रदेश सरकार लागिपरेको बताउनु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाद्वारा गाउँपालिकाको वडानम्बर ६ सोल्टास्थित राष्ट्रिय माध्यामिक विद्यालयमा गत शुक्रबार  आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रदेशलाई समृद्ध बनाउन कृषि, जलश्रोत, पर्यटन
र जडीबुटीलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भयो ।
उहाँले विकासका दृष्टिले पछाडी परेको मोहन्याल गाउँपालिकालाई विशेषरुपमा हेर्ने समेत बताउनु भयो । सात नम्बर प्रदेश जलयात्राका लागि उपयुक्त गन्तव्य भएको र प्रदेश सरकारको अबको ध्यान पनि पर्यटनतर्फ केन्दित रहने पनि मुख्यमन्त्री भटट्ले बताउनु भयो ।
उहाँले जैवक विविधतामा धनी मोहन्याल गाउँपालिकामा सडक यातायात र सौर्य उर्जाका क्षेत्रमा प्रदेश सरकारले कार्यक्रम ल्याएर जनतालाई आत्मनिर्भर र रोजगारीतर्फ उन्मुख गराउने अभियानमा लागिपर्ने बताउनु भयो ।  यसैगरी प्रदेश सांसद रतन थापाले आफू यसै क्षेत्रको भएकाले मोहन्याल गाउँपालिकालाई प्रयाप्त मात्रामा बजेट बिनियोजन गरेको गर्नेतर्फ पहल गर्ने बताउनु भयो ।
यसैगरी मोहन्याल गाउँपालिकाका अध्यक्ष नवल सिंह रावलले दिनप्रतिदिन बिनास भइरहेको  जंगललाई बचाउनुपर्ने बताउँदै प्रदेश सरकारले यसलाई बचाउनतर्फ ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।
सो कार्यक्रमपश्चात नेपाल चेम्र्वस अफ कमर्र्श अत्तरियाको आयोजना र कैलाली भ्रमण वर्ष २०७५ को प्रर्बद्धनमा  कुइनेदेखि कर्णाली चीसापानीमा
जलयात्रा सुरु भएको छ  । पर्यटक भित्र्याउन एक दिनमा जलयात्राका गरेर नहुने बताउँदै कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपी हमालले आन्तरिक पर्यटक र वाह्य पर्यटक भित्र्याउन सबैभन्दा पहिले चिसापानीदेखि सोल्टासम्मको बाटो पीच गर्नुपर्ने बिचबिचमा रेष्टुरेण्ट बनाउनुपर्ने  बाटोबाटोमा रमाइला खालको पर्यटन लोभ्याउने खालका तस्बिरहरु  राख्नुपर्ने बताउनु भयो  ।
पहिलोपटक सुगम कैलाली जिल्लाको दुर्गम मोहन्याल गाउँपालिकामा मुख्यमन्त्री भट्ट पहिलो पटक पुगेपछि मोहन्याल गाउँपालिकाको सोल्टाका पञ्चे बाजागाजासहित उनको भब्य स्वागत गरिएको थियो । स्वागतको बर्णन गर्दै मुख्यमन्त्री भट्टले जनताको अपार माया र स्वागतले आफूलाई काम गर्ने प्रेरणाको वृद्धि गराएको बताउनु भयो ।
उहाँले विकास नेताले नभई जनताले गर्ने समेत बताउनु भयो । कार्यक्रममा कैलाली भ्रमण वर्ष २०७५ का संयोजक सूर्यबहादुर थापा बिभिन्न नगरपालिकाका नगरप्रमुख बिभिन्न गाउँपालिकाका अध्यक्ष बिभिन्न नगरपालिका र गाउँपालिकाका वडाअध्यक्ष बिभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थीति रहेको थियो भने भारतिय संचारकर्मीहरु भारतीय पर्यटकहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । ठूलो संख्यामा कर्णालीमा र्याफटिङ कार्यक्रम भएको यो पहिलो हो ।

Related News