​कस्तुरीको बीना बेचेर लाखौं कमाउन खोज्नेहरु ठमेलमा समातिए

दृष्टि न्यूज

काठमाडौं, २४ साउन। 
कस्तुरीको बीना बेचेर लाखौं कमाउन खोज्नेहरु  ठमेलमा पक्राउ परेका छन्। उनीहरुबाट प्रहरीले ३ वटा बीना समेत बरामद गरेको छ।
काभ्रे भुम्लुका दिपक नेपाली रामेछापका अर्पण सुनुवार, रामेछाप बेथानका उज्वल पाण्डे र सल्यान कालागाउँका जीवन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। 
बुधबार साँझ ठमेलको ज्याठाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ग्राहक बनेर गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 
कस्तुरीको बीना निकै महंगो मूल्यमा अवैध कारोबार हुने गरेको छ। 

Related News