सविन र अनुको रोमान्समा ‘काउसो’


काठमाडौं, १ वैशाख । मदन घिमिरेको निर्देशनमा चलचित्र ‘काउसो’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीको रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित कार्यक्रममा चलचित्रको शुभ–मुहूर्त गरिएको छ । कार्यक्रममा कलाकार सविन श्रेष्ठ, पुष्कर राउत, सुरेन्द्र चापागाई, अनु पराजुलीलगायत कलाकारले मुहूर्त सर्ट दिए ।

पत्रकार सानुकाजी श्रेष्ठले क्ल्याप पड्काउदा राजन घिमिरेले नरिवल फुटाए । सटको निर्देशन प्रदीप तिमल्सिनाले गरेका थिए । अर्नभ फिल्म्स प्रोडक्सनको दोसो प्रस्तुतिका रुपमा निर्माण हुन लागेको ‘काउसो’ यही १५ गते फ्लोरमा जानेछ । 

‘काउसो‘का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन् भने निर्माता भगवान खत्री । चलचित्रमा पटकथा, संवाद भोजराज देवकोटा, संगीत विकास चौधरी, नृत्य हरिष खनाल, छायांकन रामेश्वर हुमागाई, प्रोडक्सन डिजाइनर सूर्य बुढाथोकीको रहने निर्माण पक्षले जनाएको छ ।

Related News