काभ्रेको समृद्धि र लोकतन्त्रको रक्षाको लागि लागिरहने छु : गोकुल बास्कोटा

काभ्रे, २५ मंसिर 
काभ्रेको सबै क्षेत्रमा वाल गठबन्धन विजयी भएको छ । क्षेत्र नम्बर २ मा एमालको गोकुल बाँस्कोटा भारी मतान्तरले विजयी भएका छन् । कांग्रेसका मधुस आचार्यलाई करिब १८ हजार मतान्तरले हराउदै विजयी भए । बाँस्कोटाले ५४ हजार ४ सय २७ मत ल्याए भने आचार्यले ३६ हजार ५ सय ९७ मत ल्याए । 
विजयी भएपछि बाँस्कोटाले जिल्लाको समृद्धि र लोकतन्त्रको रक्षा लागि लागिरहेने बताएका छन् । 
यस्तो छ उनको प्रतिक्रिया–  
सुखी काभ्रेलि समृद्ध काभ्रे बनाउने अभियानमा यो निर्वाचनको महाअभियान मार्फत काभ्रे जिल्लाका ६ नै सिट बामकिल्ला बनाउन अहोरात्र लागी पर्नुभएका दुबै पार्टीका नेता कार्यकर्ताहरु ,स्वदेश तथा बिदेशमा रहनुभएका शुभचिन्तक, शुभेच्छुक र सहयोगिहरु,सञ्चार जगत ,सुरक्षाकर्मी, कर्मचारीहरु तथा गठबन्धनलाई बिश्वास गरेर आफ्नो मत दिनुहुने काभ्रेली मतदाताहरु र मलाई बिश्वास गरेर मत र मनको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नुहुने काभ्रे प्रतिनिधिसभा क्षेत्र २ का सबैआमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरु एब मतदाताहरुलाइ हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । प्रतिस्पर्धामा रहनुभएको मेरो अनन्य मित्र मधु आचार्यप्रति स्वस्थ निर्वाचनका लागि खेल्नुभएको भुमिका प्रती बिशेष धन्यवाद दिदै आम काभ्रेलि जनताको बिश्वास र भरोसालाइ जोगाउदै काभ्रेको समृद्धि , लोकतन्त्रको रक्षा र पार्टी एकताको लागि निरन्तर लागि रहने प्रण गर्दछु धन्यवाद ।

Related News