​केबलकारको लागि संघर्ष गर्दै राजकाँडाबासी

दृष्टि न्यूज

वीरेन्द्र रावल, राजकाँडा कैलाली । प्रधानमन्त्री केपी ओलीले नेपाली माटो सुहाउँदो मौलिक समाजवादको वकालत गरेको धेरै भईसक्यो । माटो सुहाउँदो विकास भन्ने नेपाली नेताहरुको एजेण्डा केही वर्षअघि संयुक्त राष्ट्र संघले अघि सारेको दीगो विकासको एजेण्डासँग मेल खान थालेको छ । अर्थात प्राकृतिक सम्पदाको न्यूनतम क्षति पु¥याएर गरिने विकास । शहरी क्षेत्रका शिक्षित जनताले विकासको रुपमा सडकलाई मात्रै बुझ्दै आएपनि कैलाली जिल्लाका ग्रामिण क्षेत्रका जनताले संयुक्त राष्ट्रको दीगो विकास अभियानलाई योगदान पु¥याउँदै केवलकार सञ्चालनको लागि संघर्ष गर्दैछन् ।
कैलालीको मोहन्याल गाउँपालिकाको वडानम्बर ७ राजकाँडाबासीहरु केबलकारका लागि अभियान चलाएका छन् । गाउँमा केवुलकार सञ्चालन हुने भएपछि हर्षित हुँदै केवलकारको लागि दौडधुप गरिरहेका छन् । प्राकृति एवं धार्मिक पर्यटनका हिसावले उत्कृष्ठ स्थानको रुपमा रहेको राजकाँडा क्षेत्रमा केबलकार स्थापना हुने भएपछि हौषियका स्थानीयल केवुलकार सञ्चालक समितिलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गत साताको मंगलबार राजकाँडामा पुगेका कैलाली जिल्ला समन्वय समितिका, प्रदेश सभाका साँसद सदस्य रतन थापा, मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलसमक्ष स्थानीयबासीले केवलकार सञ्चालनको लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएपछि केवलकार अभियान्ताहरु निकै प्रफुल्ल बनेका छन् ।
केबलकार स्थापनाका लागि लागि विगत लामो समयदेखि अभियान नै चलाउँदै आएका कैलाली जिल्ला समन्वय समितिका प्रमूख सूर्य बहादुर थापाले प्राकृतिक एवं धार्मिक रुपले निकै प्रख्यात राजकाँडा क्षेत्रको समग्र पर्यटकीय विकासका लागि योजना बनाएर अघि बढाईने प्रतिबद्धता जनाएका छन् । स्थानीयबासीले केवलकार सञ्चालनको लागि जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएपछि स्थानीय सरकार तथा प्रदेश सरकार समेत हौसिएको छ । स्थानीय मीन बहादुर बोहराले भने, ‘राजकाँडामा केवुलकार बन्ने भएपछि राजकाँडाबासीको भाग्यको रेखा नै बदलिने छ ।’ 
राजकाँडा देखि कर्णाली चिसापानी सम्मको ३.२ किलोमिटरको दुरीमा केवुलकार निर्माण गर्ने पक्रिया अघि बढाइएको छ । केबलकार सञ्चालनको लागि जालपादेवी केवुलकार राजकाँडा चिसापानी नामक कम्पनी स्थापना भैसकेको छ । कम्पनीका अध्यक्ष चन्द्र ढकालसँग केवलकार निर्माण गर्ने बिषयमा सहमति भैसकेको पनि केवुलकारका अभियान्ता सूर्य बहादुर थापाले बताए । 

Related News