अपहरित केडिया भारतकाे माेतिहारीबाट अपहरणमुक्त

काठमाडाैं, १६ जेठ । अपहरणमा परेका केडिया अर्गनाइजेशनका सदस्य सुरेश केडिया अपहरणमुक्त भएका छन् । उनलाई नेपाल प्रहरी र भारतीय प्रहरीकाे संयुक्त टाेलीले बिहारकाे माेतिहारीबाट सकुशल अपहरण मुक्त गरेकाे छ । अपहरणमुक्त गरिएका केडिया यतिबेला माेतिहारीबाट घर अाउँने क्रममा रहेकाे बताउँदै केडियाका भाइ तथा उद्याेग वाणिज्य संघ वीरगन्जका अध्यक्ष प्रदिप केडियाले ‘दाइसँग फाेनमा कुरा भएकाे बताए । व्यापारिक कामले बाराको वरियारपुर गएका केडिया  विहिबार साँझ अपहरणमा परेका थिए । बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरी उनलाइ अपहरण गरिएकाे थियाे । प्रहरीका अनुसार अपहरण बिहारकाे कुख्यात बब्बु दुबे समुहबाट गराइएकाे थियाे । बब्बु माेतिहारीकै एक कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेकाे छ भने दुईजना फरार रहेकाे बताइएकाे छ । 

Related News