​चिनियाँ रेल निर्माण फास्ट ट्रयाक प्रक्रियाबाट हुने

दृष्टि न्यूज

काठमाडौं ।
छिमेकी मुलुक चीनको छ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शर्मा ओलीको भ्रमण सहयोगका हिसाबले निकै फलदायी कुटनीतिक रुपमा महत्वपूर्ण हुने देखिएको छ । 
काठमाडौंसम्म रेल निर्माण प्रक्रिया फास्ट ट्रयाकबाट छिटो सम्पन्न गर्न चीन सरकारले नै चासो देखाएको छ । बेईजिङमा नेपाली प्रतिनिधिमण्डलसँगको भेटवार्तामा राष्ट्रपति सिले नेपाल भ्रमणमा आउने र चिनियाँ रेल काठमाडौंसम्म पु¥याउने प्रतिबद्धता जनाएको भ्रमण दलमा सहभागी सदस्यले जनाएका छन् । भ्रमण दलमा सहभागी कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्माले ट्वीटरमा भनेका छन्, ‘चिनियाँ राष्ट्रपति र चिनियाँ रेल दुवै नेपाल आउने निश्चितप्रायस् देखिएको छ’ सम्पादकले राष्ट्रपति सिको भनाई उध्रित गर्दै भनेका छन्, ‘हामीले छिङहाईदेखि ल्हासासम्म बनाएको रेलमार्ग अहिले शिगात्से पुगेको छ । त्यो अझै अगाडि बढ्दै छ र मलाई विश्वास छ, त्यो चाँडै काठमाडौं पनि पुग्नेछ ।’
यसैबीच, नेपाल आउने रेल निर्माण प्रक्रिया फास्ट ट्रयाकबाट निर्माण सुरु गर्न चीन तयार देखिएको छ । हाल पूर्व सम्भाव्यता अध्ययनको काम भइरहेको केरुङ–काठमाडौं रेलमार्गको आगामी अगष्टबाटै डिपिआर निर्माण गर्ने कार्य सुरु गरिनेछ । प्रक्रिया अनुसार पूर्व सम्भाव्यता अध्ययनपछि सम्भाव्यता अध्ययनको प्रक्रियालाई छोट्याएर फास्ट ट्रयाक प्रक्रियाबाट डिपिआर निर्माण गर्ने र जतिसक्दो चाँडो निर्माण सुरु गर्ने विषयमा चिनियाँ अधिकारीहरु तयार देखिएका छन् । यद्यपि रेलमार्गको निर्माणमा लगानीको मोडलको सम्बन्धमा भने सहमति भइसकेको छैन । लगानीको मोडलको सम्बन्धमा कुनै ठोस सहमति नभएपनि चिनियाँ पक्षले निर्माण कार्य तीव्र बनाइसकेको छ । चिनियाँ कम्पनीले दुईथरी मोडलबाट पूर्वाधार निर्माणको काम गर्ने गर्दछन् । पहिलो डिपिआर तयार पश्चात, दोस्रो डिपिआर र निमाणसँगसँगै पनि निर्माण कार्य गर्दै आएका छन् । 
प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको सम्बन्धमा आज प्रधानमन्त्री लि खस्याङसहितिको प्रतिनिधिमण्डलसँग हुने वार्तामा सम्झौता हुनेछ । 

Related News