​नेपालका कुख्यात खाग तस्करको अमेरिकामा मस्ती

दृष्टि न्यूज

काठमाडौं, २१ कात्तिक । 
नेपालका एक कुख्यात खाग तस्कर अमेरिकामा मस्ती गरिरहेका छन् । उनलाई नेपाल ल्याउन पहल अघि बढाइएको छ । 
 गैँडाको पाँचवटा खागसहित पक्राउ परेर पनि चलखेलका आधारमा छुटी १४ वर्षदेखि फरार रहेका पेम्बा शेर्पा्विरुद्ध नेपाल प्रहरीको सिफारिसमा रेड नोटिस जारी भएको हो । 


स्रोतका अनुसार शेर्पा अमेरिकामा रहेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रेडकर्नर नोटिसको प्रक्रिया अघि बढाएको हो । पर्याप्त प्रमाण संकलन भएपछि इन्टरपोलले गत साता शेर्पा्विरुद्ध नोटिस जारी गरेको हो ।

यस्तो थियो घटना
२९ असार ०६१ सालमा चितवनको आँपघारीमा निकुञ्जको सुरक्षामा खटिएको सैनिक टोलीले पेम्बा शेर्पा र दाबा लामालाई गैँडाको पाँचवटा खागसहित पक्राउ र्गयो । त्यसवेला नेपालमा संगठित रूपमा गैँडाको चोरी सिकारी बढेको थियो । एकैपटक पाँचवटा खाग बरामद हुनुलाई ठूलो उपलब्धिका रूपमा लिइयो । तर, पक्राउ परेलगत्तै उनीहरूलाई छुटाउन चलखेल भयो ।

पक्राउ परेलगत्तै तत्कालीन कर्णेल रमेशराज महतले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे । तर, थप अनुसन्धानमा चासो त दिइएन नै साथै उनीहरूलाई ४० दिनसम्म सेनाले गोप्य रूपमा थुनामा राख्यो जबकि सेनाले २४ घन्टाभित्रै धेरै समय राख्न पाउँदैनथ्यो । उनीहरूबाट बरामद भएको भिटेरा गाडीसमेत सैनिक अधिकारीहरू नै प्रयोग गरे ।

वन्यजन्तुसम्बन्धी मुद्दाको अनुसन्धान गर्ने निकाय निकुञ्ज र वन कार्यालय हो । तर, सेनाले लामो समयसम्म निकुञ्ज वा वन कार्यालयमा बुझाइएन । बरू सैनिक मुख्यालय पठाइयो । निकुञ्ज कार्यालयले पटक–पटक सोधखोज गर्दा पनि जानकारी दिइएन ।

सैनिक मुख्यालयले उनीहरूलाई जिल्ला वन कार्यालय काठमाडौं बुझायो । गैँडाको चोरीसिकारी मुद्दामा १५ वर्षसम्म कैद सजाय हुने मुद्दामा काठमाडौंका तत्कालीन डिएफओ कमलभक्त श्रेष्ठले दुवैलाई एक÷एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए जबकि बरामदमध्ये चारवटा गैँडाको खाग सक्कली भएको रिपोर्ट आइसकेको थियो ।

डिएफओ श्रेष्ठले बरामद भएको गाडीसमेत फिर्ता दिने आदेश दिएका थिए, जुन आदेश निकै विवादमा तानियो । त्यसमा चलखेलको आशंका गरिएको थियो ।

Related News