​खतिवडा किन पुगे भट्टराई आश्रममा ?

काठमाडौं, ६ पुस । प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेसको पराजय भएपछि कांग्रेसका युवानेताहरु छलफलमा जुटेका छन् । पार्टी नेतृत्वको असफलताका कारण पार्टीले पराजय भोग्नुपरेकाले पार्टी केन्द्रीय समितिमा छलफल गर्नुपर्ने, आवश्यक परे विशेष महाधिवेशन नै गरेर पार्टीको नेतृत्व नै परिवर्तन गर्नेबारेमा युवानेताहरु छलफलमा जुटेका छन् । 
कांग्रेसभित्र प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष वा रामचन्द्र पौडेल समूह दुवैपक्षका युवाहरु पार्टीको असफलताको समीक्षामा जुटेका छन् । पार्टीका नेता प्रकाशमानसिंह समेत युवाहरुको अभियानमा समेटिएका छन् । चन्द्र भण्डारीको अगुवाईमा भएको बुधबारको भेलाले आइतबार बृहत भेला गरी पार्टीको विशेष महाधिवेशन बोलाउन दबाब दिने भएको छ । कांगे्रेसले वाम गठबन्धनका विरुद्ध जनतामा केही एजेन्डा लान नसकेका कारण पराजीत हुनुपरेको निष्कर्ष निकालेको छ । सभापति देउवाले भेला आयोजना गर्ने नेताहरुको चियोचर्चो गर्न केही नेताहरुलाई समेत त्यसमा पठाएका छन् । 
यसैबीच, पार्टीसहित आफू पनि निर्वाचनमा पराजय भएपछि कांग्रेसका युवानेता रामहरि खतिवडा बिहीबार सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रम बाडेगाउँ पुगेका छन् । खतिवडा ओखलढुंगाका कांग्रेस कार्यकर्ता पुरुषोत्तम पौडेललाई लिएर स्व. सन्तनेता स्व. भट्टराईको आश्रममा गएका छन् ।

Related News