​विश्व कीर्तिमानी कराते खेलाडी ठकुरीलाई अर्को विश्व कीर्तिमान प्राप्त

दृष्टि न्यूज

विजय थापा, २२ फागुन । अमेरिकाको डिसी महानगर क्षेत्रका नेपालीमूलका विश्व कीर्तिमानी ठकुरीलाई अर्को विश्व कीर्तिमान प्राप्त भएको छ । उनले आफैले बनाएको कीर्तिमानलाई आफैँले तोड्दै छोटो समयभित्र पुनः दोश्रो पटक गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । 
उनले गत वर्ष २०१७ को सेप्टेम्बर २३ तारिखका दिन १३९.४९ पौण्ड ( ६३.९७ केजी ) मा विश्व किर्तिमान गरेका थिए । उनले अर्को किर्तिमान अमेरिकाको ओहायोको टोलेडोमा गएर गत वर्ष २०१७ को नोभेम्बर ४ तारिख  १४२.४८ पौण्ड (६४.६३ केजी ) को तौल दात र शरीरमा राखेर दुवै खुट्टा फाडेर विश्व किर्तिमान कायम गरेका छन् ।
गिनिज बुक अफ वल्र्ड रेकर्डले उनलाई गत मार्च २ तारिखमा अमेरिकामा पत्राचार गरी विश्व कीर्तिमानी भनेर घोषणा गरेको छ । यो विधा आजसम्म कसैले विश्वमै गर्न सकेका छैनन् ।  सानो गल्ती भयो भने घाती र ढाड अनि कम्मर शतप्रतिसत पक्षघात (प्यारालाइसिस) हुने धेरै सम्भावना भएकोले यस्तो जोखिम कम खेलाडीले कोसिस गर्ने गर्छन । ठकुरीले यस विधाको आफैँले निर्माण गरेर नेपाल र अमेरिका दुबैको नाम उज्ज्वल ठकुरीले बिश्वमा कोरिदिएका छन् ।
ठकुरीले पाँच विधाको निर्माण गर्नुको साथ साथै तीन वटा विधामा अन्तर्राष्ट्रिय पदक हासिल गरेका छन् ।  (फांग काता) जसमा राष्ट्रिय स्वर्ण पदक र अन्तर्राष्ट्रिय स्वर्ण पदक  हासिल गरेका छन् भने फांग ब्रेअकिङ्ग (किर्तिमान) जसमा बिश्व टाइटल बेल्ट हासिल गरेका छन् ।
यसै गरी फाङ्ग हेवी वेट (गर्हौ वजन ) उचालेर (गोडा फाडेर अधिक भार बोकेर ) यसमा विश्व च्याम्पियन बेल्टलगायत दुई पटक गिनिज वल्र्ड रेकर्ड बनाई नेपालीहरुको शीर उच्च बनाइदिएका छन् ।
विश्व कीर्तिमानी ठकुरी पहिलो कराते खेलाडी हो जस्ले कराते खेलाडी भएर एचके ली राष्ट्रिय तेक्वान्दो खेलमा स्वर्ण पदक पनि हासिल गरेका छन् । यसरी  कराते खेलाडीले तेक्वान्दो खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक प्राप्त गरी नयाँ किर्तिमान पनि गरेका छन् ।
 अहिले सम्म ठकुरीले युएसए केएफ राष्ट्रिय खेल जुन बिश्व महासंघ अन्तर्गत पर्छ त्यसमा रजत पदकको साथ साथै युएसए मास्टर्स खेलमा २ राष्ट्रिय स्वर्ण पदक अनि अमेरिकी किक अन्तर राष्ट्रियखेलमा एक स्वर्ण र एक रजत हासिल गरेका छन् । उनले अनगिन्ती पदक समेत प्राप्त गरेका छन् ।

Related News