​ विश्वशान्ति सम्मेलनमा रेग्मीको सम्बोधन

दृष्टि न्यूज

काठमाडौं, ५ असोज । 
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले विश्व शान्ति सम्मेलनमा सम्बोधन गरेका छन् । 
सम्बोधनमा उनले  विश्वमा शान्ति र मानवताको प्रवद्र्धनका लागि विश्वका समस्त राष्ट्रको नागरिक तहदेखि राजनीतिक नेतृत्वसम्मल ेसेवामुखी र परोपकारी रुपमा आफूलाई सक्रिय राख्नुपर्ने बताएका छन् । 
दक्षिण कोरियाको संस्था ‘हेभन्ली कल्चर वल्र्ड पिस, रेस्टोरेसन अफ लाइट’ नामक संस्थाले  इञ्चन सहरमा आयोजना गरेको विश्वशान्ति सम्मेलन¬– २०१८ बिशेष अतिथिका रुपमा उनले सम्बोधन गरेका हुन् । रेग्मीले शान्तिको आकांक्षालाई परिपूर्ति गर्न र विश्वलाई मानवजातिको शान्तिप्रिय स्थानका रुपमा स्थापना गर्न प्रत्येक मानवले शान्तिको आवश्यकता र भावनालाई स्वाभाविक र स्वतःस्फूर्त रुपमाग्रहण गर्दै अघि बढ्न सक्नुपर्नेम  बताए । 
  सन् २०१४ देखि विश्वशान्तिको लक्ष्यका साथ क्रियाशील आयोजक संस्था हेभन्ली कल्चर वल्र्ड पिस, रेस्टोरेसन अफ लाइट’ले विश्व शान्तिका लागि विभिन्न देशका अग्रणी राजनेता, सरकारप्रमुख, न्यायाधीश, कानूनविद्लगायत सामाजिक अभियन्ताहरु, महिला र युवाहरुलाई उत्प्रेरित गर्दै विश्वव्यापी सञ्जाल स्थापनाका साथशान्तिको सम्वाहकको रुपमा गरेको कार्यको प्रशंसा समेत गरेका छन् । 
शान्तिलाई मानवअधिकारको रुपमा स्थापना गर्न यसलाई अन्तर्राष्ट्रिय कानूनको लिखित दस्तावेज बनाउनुपर्ने आवश्यकतासहित वभिन्न राष्ट्रका पूर्वराष्ट्रप्रमुख तथापूर्व सरकारप्रमुखएवम् अन्तर्राष्ट्रिय कानूनविद् सम्मिलित सल्लाहकार परिषद्बाट सन् २०१६ मा जारी भएको युद्धको अन्त्य र शान्तिको घोषणालाई रेग्मीले समर्थन  गरे । १० धारा र ३८ उपधारा रहेको युद्धको अन्त्य र शान्तिको घोषणाले संयुक्त राष्ट्र संघबाट अन्तर्राष्ट्रिय कानूनको रुपमामान्यता पाउनेमा विश्वस्त हुँदै अन्तर्राष्ट्रिय कानूनीदस्तावेजका रुपमाउक्त घोषणा शीघ्र जारी र कार्यान्वयनहुन सकोस् भन्ने शुभकामनापनि रेग्मीले दिएका छन् । 
कार्यक्रममा सम्बोधनकै क्रममा आयोजक संस्थाले आवश्यकत ामहशुस गरेको कोरियालीप्रायद्वीपको शान्तिकोस्थापनालाई मन्त्रिपरिषद्कापूर्वअध्यक्ष रेग्मीले समर्थन गर्दै दक्षिण कोरिया र उत्तर कोरियाको एकीकरण भएविश्वमाशान्ति स्थापनार्थ वर्तमान समयमा सर्वोत्कृष्ट उदाहरण बन्न सक्ने पनि  बताएका छन् । रेग्मीको समर्थन र अभिव्यक्तिमा सहभागीअन्य राष्ट्रका पूर्व सरकारप्रमुखहरुले पनि सहमति जनाउँदै दुवै कोरियाको एकीकरणको कार्यमा शुभकामना व्यक्त गरेका छन् । 
२०७५ आश्विन १ गतेदेखि ३ गतेसम्म दक्षिण कोरियाको राजधानी सोलको सीमावर्ति शहर इञ्चनम ाआयोजित विश्वशान्ति सम्मेलनमा पूर्वअध्यक्ष रेग्मीका अतिरिक्त नेपालबाट कानून तथा न्यायको क्षेत्र, सञ्चार, मानवअधिकार, नागरिक समाजलगायतविविध संघ सँस्थाको तर्फबाट विभिन्नव्यक्तिहरुको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागी भई रेग्मी  बिहीबार स्वदेश फर्किएको उनका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले बताए । 

 


Related News